दोलखामा प्रभू समुहको राहत वितरण


काठमाडौं, बैशाख २७ । प्रभु समूहले दोलखा जिल्लामा १० लाख बराबरको राहात सामग्री वितरण गरेको छ ।
काठमाडौं नजिक मात्रै राहातका सामग्री पुगीरहेको अबस्थामा सो समुहले दोलखाको नाम्दु गाविसमा राहात वितरण गरेको हो । भुकम्प गएको १३ दिन वितिसक्दा पनि आफूहरुले राहात नपाएको स्थानीय शम्सेर घिसिङले बताए । प्रभू समुहले त्यहाँ एकसय थान त्रिपाल लगायतका राहात सामग्री वितरण गरेको छ । भूकम्पले घर भत्कएिपछि खुल्ला आकासमा बस्दै आएका नाम्दुवासीलाई यसले ओत लाग्ने राहात सृजना गरेको छ ।
राहात सामग्री प्रभु समुहका तर्फबाट रोशन रखालले स्थानीय अगुवाद्धय सम्शेर घिसिङ र नवराज उप्रेतिलाई हस्तान्तरण गर्नुभएको थियो । प्रभू समूहले भूकम्प प्रभावित विभिन्न जिल्लामा खाद्यान्न, लत्ता कपडा, त्रिपाल लगायत राहात सामग्री वितरण गर्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न