रामपुरमा तरकारी भण्डारण तथा बजार घर निर्माण हुदै


दाङ, बैशाख २७ ।  ।रामपुरमा रहेको नवचेतना कृषी सहकारी सँस्थाले रामपुर गाबिसका तरकारी उत्पादक कृषकहरुलाई मध्यनजर गर्दै रामपुरमा तरकारी भण्डारण तथा बजार घर निर्माण हुने भएको छ ।

कृषकले उत्पादन गरेका तरकारी स्थानिय स्तरमै जम्मा गरि उचित मुल्य पाउने गरि बजार प्रर्बद्धन गर्न भण्डारण तथा बजार घर निर्माण गर्न लागिएको हो ।  सँस्थाले साना तथा मझ्यौला कृषक आय स्तर बृद्धि आयोजनासँगको सहकार्यमा, उत्पादीत तरकारी कृषकको खेतबाटै खरिद गरि बजार सम्म पुर्याउने गरि भण्डारण सहितको काम सुरु गरेको सहकारी संस्थाका अध्यक्ष ध्रुव पौडेलले बताउनु भयो । करिब ५९ लाख रुपियाँको लागतमा सुरु गर्न लागिएको तरकारी भण्डारण तथा बजार घर योजना अन्र्तगत करिब २० लाख रुपियाँ आयोजनाले अनुदान दिने छ भने बाँकी सहकारी संस्थाले खर्च गर्नेछ । अबको दुई महिना भित्र नयाँ भवन निर्माण गरि तरकारी सँकलन प्रकृया सुरु गर्ने र घोराहीमा आफ्नै डिपो राखि बिक्रि समेत आफै गर्ने सहकारी सँस्थाले जनाएको छ ।
आयोजना कार्यान्वयन सुरु भएपछिको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रममा उप आयोजना व्यवस्थापक बालचन्द्र शर्माले आयोजना अन्र्तगत १० कृषक समूह गठन गरि काम सुरु गरिएको जानकारी दिनुभयो । आयोजनाबाट एक हजार कृषक प्रत्यक्ष रुपमा लाभान्वयीत हुने शर्माले बताउनु भयो । सहकारी सँस्थाका अध्यक्ष पौडेलको अध्यक्षता र रास नेपालका संयोजक हरिप्रसाद शर्माको प्रमुख आथित्यतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी कृषकहरुले आयोजना अन्र्तगत गरिने कृयाकलापका बारेमा जिज्ञासा राखेका थिए । त्यस अबसरमा संस्थाको उप आयोजना सञ्चालन समिति संयोजक हेमराज शर्मा, रामपुर गाबिस सचिव विष्णु गिरी, नेपाली काग्रेस इकाई सभापती रेवती प्रसाद घिमिरे, एकिकृत नेकपा माओवादीका भेष वहादुर थापा, नेकपा माओवादीका अमर पोख्रेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव गुरु प्रसाद खनालले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन