चितवन जिल्ला सहकारी संघमा नयाँ नेतृत्व


चितवन , बैशाख २७ । जिल्ला सहकारी संघ चितवनको शनिबार सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।
अधिवेशनले टिकाराम भट्टराईको अध्यक्षतामा ११ सदस्यीय संचालक समिति गठन गरिएको हो । त्यस्तै उपाध्यक्षमा हरी पौडेल , सदस्यमा जगन्ननाथ भण्डारी ,भगबती पौडेल ,प्रेमनाथ दवाडी ,भक्तिराम अधिकारी ,शंकर राजभण्डारी,रामेश्वर पौडेल,गोपी प्रसाद लम्साल ,शारदा पोख्रेल ,बिश्नुप्रसाद आचार्य र लेखा समिति को संयोजकमा भक्त बहादुर कुँवर तथा सदस्य हरी बहादुर थापा र बिद्द्या कोइराला सर्वसम्मत निर्वाचित हुनु भएभएको छ ।
अध्यक्ष नारायण कोइरालाको अध्यक्षतामा सम्पन्न अधिवशेन तथा साधारणसभाले आगामी ५ बर्षको लागि नयाँ नेतृत्व चयन भएको हो ।
सो अवसरमा नेफस्कुन संचालक सदस्य तथा चितबन फिल्ड कार्यालय प्रतिनिधि शान्ति ढकाल अधिकारीले सक्रियता पुर्वक सहकारी बिकासमा उत्कृष्ट कार्य गरि जिल्ला को सहकारीको साच्चैको अभिभावक बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान