चितवनको चेपाङ बस्तीमा प्रभू सहकारीको १५ लाख बरावरको राहत वितरण


चितवन वैशाख २८ । प्रभू समूहले चितवनका विकट वस्तीमा रहेको चेपाङ समुदायलाई १५ लाख बराबरको त्रिपाल लगायतका राहात सामग्री वितरण गरेको छ ।

चितवन दारेचोक गाविसका वडा नं. ७, ८ र ९ मा बसोबास गरीरहेका चेपाङ समुदायले त्रिपाल नपाएको गुनासो आएपछि प्रभू समुहले जिल्ला प्रशाशन कार्यालय चितवनको समन्वयनमा राहत सामग्री वितरण गरेको हो । चितवनका प्रमुख जिल्ला अधिकारी डा. मान वहादुर विके, प्रहरी उपरिक्षक सहकुल थापा र प्रभू समुहकी उपाध्यक्ष कुशुम लामाले संयूक्त रुपमा राहत सामग्री हस्तान्तरण गरेका हुन् । चितवन जिल्लास्थित दारेचोक गाविसका केही वडाहरु अत्यन्तै विकट मानिन्छन् । ति वडामा बसोबास गर्दै आएका चेपाङ समुदायका करिव १ सय ५० घर धुरीलाई त्रिपाल सहित राहात सामग्री वितरण गरिएको हो । जिल्लामा गरिव, दलित र चेपाङ समुदायले राहात नपाएको र धेरैजसो राहात वितरण गर्ने समुहले सुगम क्षेत्रमा राहात वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी डा. मान वहादुर विकेले बताए । उनका अनुसार प्रभू समुहको त्रिपाल वितरणबाट चेपाङ बस्तीले ओत लाग्ने राहात पाएको छ । राहात वितरणमा सहभागि प्रभू समुहकी उपाध्यक्ष कुशुम लामाले पहुँच भएकाहरुले धेरै राहात पाएको र पहुँच नभएकाहरुले राहात पाउन नसकेको गुनासो वढेका कारण प्रभू समुहले चितवनको विकटमा वसोबास गर्ने चेपाङ वस्तीमा १ सय ५० थान त्रिपाल वितरण गरेको बताइन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक