भूकम्प पीडितलाई रिब सल्यक्रिया गरियो


एशियाकै पहिलो उपचार पद्वती भएको अस्पतालको दाबी

काठमाडौं, बैशाख २८ । नेपाल स्वास्थ्य सेवबा सहकारीबद्वबारा सञ्चालित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल, स्वयम्भूले भुकम्प पीडितको उपचारमा तल्लिन भइकाृ छ ।
अस्पतालका निर्देशक रामप्रसाद श्रेष्ठले भूकम्प गएको पहिलो दिन देखिनै घाईतेलाई निशुल्क उपचार गरिरहेको जानकारी गराइरहेको जानकारी दिनुभयो । उक्त अस्पतालले स्थापनाकाल देखि नै जनताको स्वास्थलाई प्राथमिकता राखेर सहुलियत र सुलभ उपचार सेवा दिदै आएको यस अस्पतालले यस्तो राष्ट्रिय विपतीमा उपचार शुल्क नलिई सेवा दिएको उहाँको भनाई थियो ।
अस्पतालले भूकम्प गएको दिनदेखि हालसम्म गम्भीर प्रकृतिका ४ सय ५७ जना घाईतेहरु मध्ये सामान्य उपचार पश्चात ३ सय ३४ जना घर फर्किसकेका छन् । अस्पतालका अनुसार १ सय २३ जनालाई भर्ना गरिएकोमा केहीलाई थप उपचार पश्चात डिस्चार्ज गरेको थियो । निर्देशक श्रेष्ठका अनुसार ४० जना हाल अस्पतालमा अप्रेशन भएको छ । थप ७४ जना अप्रेशनको पालोमा राखिएको श्रेष्ठले जानकारी दिनुभयो ।
मनमोहन अस्पतालले १६ जनालाई भने अन्य अस्पतालमा रिफर गरेको छ । अमेरिकाको उथ युनिभर्सिटी तथा इन्टरनेशन माउन्टेन्ट मेडिकल सेन्टरका विशेषज्ञ चिकिसकहरु डा. थोमस ह्वाटको नेतृत्वमा आएको चार जनाको टिमले रिब फिजिसियन सर्जरी गरेको निर्देशक श्रेष्ठले बताउनुभयो । उक्त उपचार प्रक्रिया एशियाकै पहिलो शल्यक्रिया भएको बताइन्छ ।
अमेरिकाको उक्त टिमले यस अस्पताललाई रिबको शल्यक्रिया गर्ने सम्पूर्ण सेट उपकरणहरुहरुबाट आगामी दिनमा पनि उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।

त्यस्तै यस अस्पतालले भुकम्प पिडितहरुलाई बंगलादेशमा अध्ययनरत विद्यार्थीको सहयोगमा अस्पताल बाहिरको गोलढुङ्गा र फ्रेन्डर्स अफ नेपालको सहयोगमा धादिङको विभिन्न स्थानहरुमा विदेशी चिकित्सकको सहयोगमा शिविर समेत संचालन गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने