सहकारी संस्थाहरुको भूकम्प पीडितलाई एक लाख वढी सहयोग


-उदय बोहरा-

दाङ, बैशाख ३१ । दाङको तुलसीपुर क्षेत्रका विभिन्न दशवटा सहकारी संस्थाहरुले भूकम्प पीडितहरुका लागि एक लाख ५ हजार २ सय ८७ रुपैयाँ सहयोग गरेका छन् । जसमध्ये हाम्रो पहुँच वहुउद्देश्य सहकारी संस्थाले ३५ हजार ३१ रुपैयाँ, राप्ती विश्वासी सहकारी (रफिकोल), संस्थाले २१ हजार, सृजना महिला वचत तथा ऋण सहकारी २ हजार ५ सय, जनसेवा वचत तथा ऋण सहकारीले ११ हजार १ सय ११ रुपैयाँ, जनआस्था वचत तथा ऋण सहकारीले ५ हजार, रारा वचत तथा ऋण सहकारीले ५ हजार ५ सय ५५ रुपैयाँ, सहयोगी वचत तथा ऋण सहकारीले १२ हजार ५ सय ८५ रुपैयाँ, नारी जागरण वहुउद्देश्य सहकारीले २ हजार ५ सय, तुलसी वचत तथा ऋण सहकारीले ५ हजा ५ रुपैयाँ र कमलपोखरी वचत तथा ऋण सहकारी संस्थाले ५ हजार रुपैयाँ रहयोग गरेको छ ।
उक्त रकम प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा जम्मा गरिएको तुलसीपुर क्षेत्रस्तरीय सहकारी संस्थाका संयोजक शुक्रराज भण्डारीले जानकारी दिनुभयो । साथै यसको जानकारी मंगलवार जिल्ला प्रशासन कार्यलयमा जानकारी गराइएको बताइएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान
कैलालीको बर्दगोरियामा सहकारी व्यवस्थापन तालिम सञ्चालन
नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान