धारणा सहकारीको भवन क्षतिग्रस्त, काम प्रभावित


काठमाडौं, बैशाख ३१ । धारणा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय पूर्णरुपमा क्षति पुगेको छ । भवन भुकम्पका कारण क्षत विक्षत भएको र त्यस घरमा कुनै पनि कृयाकलाप गर्न समस्या परेको छ ।
ईञ्जिनियरको टोलीले उक्त भवन जोखिम भनेकाले अहिले सहकारी अस्थायीरुपमा सञ्चालन हुन थालेको छ । अनुगमन टोलीद्वारा रातो स्टिकर टास भएको तथा चाहवेल चोकमा रहेको एउटा भवन ढल्नाले संस्थाको टेलिफोन लाईन पनि अवरूद्व भएकोे बताइएको छ ।
े साथै आज संचालक समितिको आपतकालिन वैठकको निर्णय बमोजिम भवनभित्र रहेका सम्पूर्ण सामग्रीहरूलाई सुरक्षित स्थानमा लगेर राख्ने र जेठ ७ गते भित्रमा नयॉ स्थान चयन गरी सहकारी पुनः संचालन गर्ने तयारी गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन