कोअपरेटर्स एलाइन्स क्षेत्र नम्वर ८ को भेला सम्पन्न


काठमाडौं, कार्तिक ३ । नेपाल कोअपरेटर्स एलाइन्स क्षेत्र नम्बर ८ को भेला मंगलबार राजधानीमा सम्पन्न भएको छ । भेलाले अमरावती महर्जनको संयोजकत्वमा बृहत भेला संयोजन कमिटी गठन गरेको छ । कमिटीका सदस्यमा सुदर्शन खनाल, सपना सुनुवार, सानु थापा, राजेन्द्र विष्ट, रविना विष्टलगायत सदस्य रहेको सम्पर्क कमिटी गठन भएको हो । कमिटीले छिट्टै बृहत भेला बोलाउने र एलाइन्सको क्षेत्रीय भेला गठन गर्ने निर्णय गरेको छ ।


कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने बताएका थिए । सहकारी नै आर्थिक समृद्धिको आधार भएको भन्दै उनीहरुले सहकारीले जीवनयापन परिवर्तन गर्नुका साथै आर्थिक विकास गर्न सकिने बताएका थिए ।

sahakarinepal2
कार्यक्रममा बोल्दै सभासद् नविन्द्रराज जोशीले सहकारीमार्फत देश विकास  निर्माण गर्न सजिलो हुने बताए । सहकारीमा महिलाको सहभागिता बढ्दै  गएकोमा प्रशंसा गर्दै महिला आर्थिक रुपमा सबल हुन सके मात्र देशले काँचुली फेर्ने बताए । शान्तिका लाथि आर्थिक उन्नती बलियो आधार भएकाले आर्थिक उन्नतीको आधार सहकारी नै भएको उनको भनाई थियो । सभासद् जोशीले सहकारी सिदान्त राम्रो भएपनि दुईचार वटा संस्थाका कारण सहकारी बदनामी हुन पुगेको उल्लेख गरे । सहकारीप्रति जनताको विश्वास घट्दै गएको छ, यसतर्फ सहकारीकर्मी सजग हुनुपर्छ उनले भने । सहकारीले उत्पादनमा लगानी गर्नुपर्ने र आर्थिक क्रियाकलापमा सशक्त भएर लाग्नुपर्नेमा जोड उनले जोड दिए ।

sahakarinepal3
अर्का सभासद् राज्यलक्ष्मी श्रेष्ठले सहकारीले महिला सशक्तीकरणमा जोड दिइन् । समाज रुपान्तरणका लागि सहकारी महत्वपूर्ण आधार भएको उनको भनाई थियो। कार्यक्रममा नेशनल कोअपरेटर्स एलाइन्सका सह–अध्यक्ष भानुभक्त ढकालले सहकारीले बचत संकलन गर्ने, ऋण लगानी गर्ने र केही चिज उत्पादन गर्ने मात्र नभई सामाजिक सहकार्य महत्वपूर्ण काम भएको बताए । सहकारी आन्दोलनले नैतिक समाज निर्माणमा जोड दिने उनको भनाई थियो ।
कार्यक्रममा कोअपरेटर्स एलाइन्सका महासचिव डिल्लीराम तिवारी, सचिव चन्द्रप्रसाद ढकाल, कमल अधिकारी, अमरावती महर्जनलगायतले मन्तव्य व्यक्त दिएका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर