भूकम्पपीडितलाई राहत प्रदान गर्दै दिदीबहिनी


ddd 2म्याग्दी, जेठ १ । भूकम्पपीडितलाई सर्वत्र सहयोग गरिरहेको अवस्थामा विभिन्न सहकारीहरुले पनि आर्थिक सहयोग गर्दै आएका छन् । बेनीस्थित दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थाले भूकम्प पीडितलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।
संस्थाकी अध्यक्ष जमुना आर्चाय, सचिव विष्णु सापकोटा, कोषाध्यक्ष जगत कुमारी बानियाँ, शिक्षा उप समितिका संयोजक सञ्जु बरुवाल र प्रवन्धक रोजिना क्षत्रि (राईं)ले जिल्ला प्रशासन कार्यालयमा विपद् ब्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

त्यस्तै संस्थाका सेयर सदस्य अनिता मल्ल (््केशीको घरमा क्षति पुगेकाले संस्थाले राहत स्वरुप ५ हजार सहयोग गरेको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । सहकारीले उपलब्ध गराएको रकम बेनी नगरपालिका–१ रत्नेचौरमा वितरणका लागि समेत अनुरोध गरेको उहाँको भनाई छ ।
यसैबीच गत वैशाख १२ गते आएको विनाशकारी भुकम्पबाट पीडित बनेका म्याग्दीको अर्मन र बाबियाचौर गाविसका ४२ जना पीडितहरुलाई शनिबार राहत वितरण गरिएको हो र । जिल्ला विपद् व्यवस्थापन समिति, दिदीबहिनी सहकारी र नेपाल रेडक्रस सोसाइटी म्याग्दीमार्फत भुकम्पबाट प्रभावित क्षेत्रमै पुगेर पूर्ण र आंशिक क्षती बेहोरेका पीडितलाई राहत वितरण गरिएको हो ।

भुकम्पबाट अर्मन गाविसका पूर्णरुपमा पीडित १२ जनालाई दिदीबहिनी बचत तथा ऋण सहकारी बेनीबाट पाँहजार र विपद् व्यवस्थापन समितिबाट पाँचहजार थपेर प्रति घरधुरी १० हजार रुपैयाँ र रेडक्रस म्याग्दीबाट कम्बल, पाल, बाल्टी र भाँडाकुँडालगायतका जिन्सी सामग्री वितरण गरिएको जिल्ला विपद् व्यवस्थापन समिति म्याग्दीले जनाएको छ ।

त्यसैगरी अर्मनकै आंशिक क्षती बेहोरेका ९ घरधुरीलाई केन्द्रीय दैवी प्रकोप उद्धार कोषबाट प्राप्त ३ हजार र जिल्ला विपद् व्यवस्थाप समितिबाट २ हजार थपेर ५ हजार रुपैयाँका दरले नगद र रेडक्रस म्याग्दीले भाँडाकुँडालगायतका सामानहरु उपलब्ध गराएको छ ।त्यस्तै बाबियाचौर गाविसका पूर्ण घरक्षती भएका ३ र आंशिक १८ घरधुरीलाई पनि क्रमशः नगद १० हजार र ५ हजार तथा रेडक्रसबाट जिन्सी सामाग्री हस्तान्तरण गरिएको रेडक्रस जिल्ला शाखा म्याग्दीका सभापति लेखबहादुर हमालले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

को अपरेटिभ म्यानेजमेन्ट कोर्ष निर्माणका लागि सम्झौता
सहकारी क्षेत्रलाई अग्र पंक्तिमा राख्दै बुस्टर खोप उपलब्ध गराइने
काभ्रेली सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
बागमती प्रदेश सहकारी संघको प्रथम वार्षिक साधारण सभा सम्पन्न