मुलुकभरका लेखापरीक्षकहरुलाई महाभूकम्पपिडितहरुको राहत र पुनव्र्यवस्थापनमा जुटनुपर्ने


नेपाल अडिटर्स एशोसिएशन (अडान) का केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेलले मुलुकभरका लेखापरीक्षकहरुलाई महाभूकम्पपिडितहरुको राहत र पुनव्र्यवस्थापनमा जुटन आग्रह गरेका छन । आज महोत्तरीको जलेश्वरमा सम्पन्न अगुवा लेखापरीक्षकहरुको भेलालाई सम्वोधन गर्दै उक्त कुरा बताउनुभएको हो । नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को पांचौं परिषदका सदस्यसमेत रहेका पौडेलले महाभूकम्पमा लेखापरीक्षक परिवारसमेत प्रत्यक्ष प्रभावित परेको बताएका छन । महाभूकम्पमा परेका नागरिकहरुको उद्धार, राहत र पुनव्र्यवस्थापनका लागि अडानले सरकारलाई संस्थागत रुपमा सहयोग गरेको बताउदै लेखापरीक्षकहरु स्वतःस्फूर्त रुपमा यो अभियानमा जुटिरहेको पौडेलले बताउनुभयो ।

महाभूकम्पपछिको अवस्थाको व्यवस्थापन र पुनर्निमाणका लागि राज्यले सबै शक्ति, स्रोत र अन्तरराष्ट्रिय सहयोगको प्रभावकारी परिचालन र संयोजनका लागि ध्यान दिनुपर्ने पौडेलले बताउनुभयो । एक प्रसंगमा विषम परिस्थितिवीच हुन लागि रहेको आइक्यानको सातौं परिषदको निर्वाचनमा अडानका तर्फबाट प्रस्तुत साझा उम्मेदवारहरुलाई विजयी बनाएर पेशागत हकहित, एकता र क्षमता अभिवृद्धिको पक्षमा उभिन पौडेलले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै अडानका उपमहासचिव एवम् आइक्यानका काउन्सिल सदस्य बद्रि भट्टराईले आइक्यानभित्र अडिटरहरुलाई हेर्ने दृष्टिकोण र व्यवहार विभेदपूर्ण रहेकोले त्यसको अन्त्य, पेशागत निष्ठा र विकासका लागि अडिटरहरुले अभुतपूर्व एकता प्रदर्शन गर्नुपर्ने बताउनुभयो । लेखापरीक्षकहरुले आफनो क्षमता र गुणस्तरीयता वृद्धि गरेर प्रतिस्पर्धी सेवा दिन भट्टराईले आग्रह गर्नुभयो ।

अडानका सचिव एवम् आइक्यानका पार्षद उम्मेदवार ध्रुव पौडेलले लेखापरीक्षकहरुलाई पेशागत हकहितका लागि आफुहरु प्रभावकारी भूमिका निर्वाह गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

अडानका महोत्तरी अध्यक्ष सुरेशकुमार लालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अडान धनुषाका अध्यक्ष शोभाकान्त झा र सचिव शिवकुमार झालगायतले बोल्नुभएको थियो ।

यसअघि अडान सिन्धुलीमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलामा अडानका केन्द्रीय उपाध्यक्ष कृष्ण पौडेल, महासचिव केदारनाथ पौडेल, उपमहासचिव बद्रि भट्टराई, सचिव ध्रुव पौडेल, केन्द्रीय सदस्य रोहित झालगायतले बोल्नुभएको थियो । कार्यक्रमको अध्यक्षतामा जिल्ला अध्यक्ष छत्रबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

अडान यतिखेर आइक्यानको सातौं परिषदमा अडानको तर्फबाट चारै उम्मेदवारहरुलाई विजयी बनाउनका लागि अडान अध्यक्ष मोहनराज रेग्मीको नेतृत्वमा देशव्यापी अभियानमा छ । अडानका बरिष्ठ उपाध्यक्ष सुर्य अधिकारी, सचिवहरु यादव न्यौपाने, ध्रुव पौडेल र कोषाध्यक्ष गणेश राई निर्वाचन मैदानमा छन । जिल्लामा हुलाकमार्फत निर्वाचन प्रक्रिया चलिरहेको र काठमाण्डौं उपत्यकामा आगामी जेठ २९ गते मतदान हुदैछ ।

(फोटोः महोत्तरी भेलापछिको सामुहिक फोटो, आइक्यानमा उम्मेदवारीपछिको सामुहिक फोटो)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नेफ्स्कून र जिल्ला बचत संघ बर्दियाबीच साझेदारी सम्झौता
पर्यटन सहकारी प्रवद्र्धन सम्‍बन्‍धी रणनैतिक योजना निर्माण
प्रारम्‍भिक साधारण सभा
सहकारी अभियन्ता योगराज पौडेलको निधन