सहकारीले दिए भुकम्पपिडितलाई खाद्यन्न


धादिङ, जेठ ३ । धादिङको निलकण्ठ नगरपलिकाको खानिगाँउ, जयन्ती डाँडा र पौवाका भुकम्प पिडितहरुलाई राहत वितरण गरिएको छ ।
रुपन्देहीको बुटवल बहुउद्देश्यीय सहकारी संस्थाले त्यस क्षेत्रका ३ सय घर परिवारलाई प्रतिघरधुरी एक बोरा चामल सहित नुन, तेल, चिउरा लगायत खाद्यान्न सामाग्री उपलब्ध गराएको हो । भुकम्पबाट प्रभावितहरुलाई केही भएपनी सहयोग पु¥याउने मनसायले सहकारीका शेयर सदस्यहरुसंग संकलन गरिएको रकमबाट राहत उपलब्ध गराईएको सहकारीका अध्यक्ष उदयराज भण्डारीले बताउनुभयो ।
राहत हस्तान्तरण गर्न गाउ पुगेका सहकारीका पदाधिकारीहरुलाई स्थानियहरुले सम्मान गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न