सहकारीले रेमिट्यान्स सेवा दिएपछि विदेशिने परिवारलाई राहत


 

कालिकोटा, जेष्ठ ८ । कालिकोट जिल्लाको दुर्गम क्षेत्र रास्कोटमा सहकारी ले रेमिटान्स सेवा दिएपछि विदेशिने परिवारलाई राहत मिलेको छ ।
जिल्ला सदरमुकाम मान्ममा एक दर्जन बढि रेमिटान्स भए पनि गांउका समुदायका लागि सहज होस भनेर हिमचुलि कृषि सहकारी संस्थाले पहिलो पटक संचालन गरेको रेमिटान्स कारोवारबाट वैदेशिक रोजगारमा गएका परिवारलाई सजिलो भएको छ ।
स्युना गाविसको आरसिपि बजारमा संचालन गरेको रेमिटान्सबाट त्यस क्षेत्रका नानिकोट, फुकोट,स्युना, सिप्खाना,मुम्रा, मेहलमुडि र बदालकोटको सिकुका समुदायलाई सहज भएको छ । विदेशबाट पठाएको रकम पाउन एक दिनको समय लगाएर मान्म आउनु भन्दा छिटो छरितो गांउमा पाए पछि स्थानिय खुसि भएका छन । रकम पठाउन आएका नानिकोट आठका देवेन्द्र शाहीले गांउमा रकम पठाउन र पाउनका लागि सहज गराएकोमा संस्थालाइृ धन्यवाद दिदै यसको कारोवार बढाउन अनुरोध गरेका छन । सदरमकाममा रकम पठाउन जांदा दुई दिन देखि तिन दिनको समय लाग्ने र खर्च पनि बढ्ने भएकाले रास्कोटबाट रकम पठाउन र पाउन सजिलो भएको बताएका छन ।
हिमचुलि कृषि सहकारी संस्थाको शाखा कार्यालयबाट तत्कालका लागि बढिमा रु १० हजार सम्म रकम पठाउन र पाउनका लागि सहज गराएको र विद्युत संचालन हुने वित्तिकै कारोबार बढाउने तयारी गरेको बताइएको छ । शाखा कार्यालय रास्कोटका फिल्ड सहयाक कृष्ण प्रसाद बरालका अनुसार गत वर्षको बैशाखबाट शुरु गरेको रेमिट कारोवार हाल सम्म एक हजार बढिले रकम पठाउने र पाउने काम गरेको बताए ।
रास्कोट क्षेत्रमा अधिकांस युवाहरु विदेशमा भएकाले महिलाहरुमा रकम लिनका लागि भने झनै सहज भएको स्युना आठकी अम्ति दर्जिले आईएमई संचालन भए देखि आफुलाई सहज भएको बताएकी छन । उनले भनिन् आफुले मलेसियामा रहेको आफ्ना श्रीमानले पठाएको रकम दस पटक भन्दा बढि स्युनाको आरसिपि बजारबाटल बुझि लिएको बताएकी छन ।अधिकांस महिलाहरुलाई सदरमुकाम आउन जानका लागि सहज बातावरण नभएकाले रास्कोटबाट सेवा पाउदा खुसि भएका छन ।
जिल्ला सदरमुकाम मान्ममा आईएमई, हिमाल,प्रभु, सिजि लगाएतका एक दर्जन बढि रेमिटयान्सहरु संचालनमा भए पनि गांउमा भने हिमचुलि सहकारीले आईएमई बाट मात्र रकम भुक्तानि र पठाउने गरेको बताइएको छ


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने