सहकारी अभियानमा कलह


‘संघलाई बहिष्कार गर्ने कि, सुधार गर्न चेतावनी दिने भनेर छलफल भइरहेको छ’

-तुलसी सुवेदी-

काठमाडौं, जेष्ठ १० । अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बा मानिएको सहकारी क्षेत्र पछिल्लो समयमा विवादित बनेको छ । सहकारी क्षेत्रमा व्यापक धुर्वीकरण आएपछि पछिल्लो समयमा सहकारी क्षेत्रमा फाटो आएका हो ।
सहकारीको उच्च निकाय मानिएको राष्ट्रिय सहकारी संघले अभिभावकत्व निर्वाह गर्न नसकेको भन्दै केही समययता ठूलो र महत्वपूर्ण मानिएको जिल्ला सहकारी संघ काठमाडौंले राष्ट्रिय सहकारी संघको सदस्यता त्याग्ने घोषणा गरेको छ । काठमाडौं जिल्ला संघले राष्ट्रिय सहकारी संघसँग भावनात्मक सम्बन्ध सकिएको घोषणा गर्र्दै कानुनीरुपमै सदस्यता त्याग्ने घोषणा गरेको जनाएको छ ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले आफूहरुले अभिभावक मान्दै आएपनि संघले अभिभाबकतत्व बन्न नसकेको आरोप लगाउनुभयो । संघ आफ्ना सदस्यको कुनै पनि भावनात्मक कदर नगरी मनोमानी ढंगले अघि बढेको छ’ उहाँले भन्नुभयो–त्यतिमात्र होइन, राष्ट्रिय सहकारी संघ हाम्रो जिल्ला संघलाई फुटाउने अभियानमा लागेको छ ।’
संघका अध्यक्ष चौलागाईले राष्ट्रिय सहकारी संघले सहकारी ऐन शंशोधन गर्दा कुनै प्रतिक्रिया नलिएको, विदेशमाब हुने सभासम्मलेनमा कुनै अवसर नदिएको, आफ्नो कार्यक्षेत्रमा आएर आफूखुसी राहत वितरण गरेको लगायतका कारण भावनात्मक सम्बन्ध टुटेको र आगामी दिनमा जोडिन नसक्नेसमेत ठोकुवा गर्नुभयो । ‘सहयोग गर्न नसकेपनि असयोग गर्न लाग्नुभयो, हामीलाई चित्त बुझिन, त्यसकारण सदस्यता त्याग्ने घोषणा गरेका हौं’ उहाँले भन्नुभयो ।
जिल्ला संघका महासचिव खेमराज सुवेदीले राष्ट्रिय सहकारी संघमार्फत जिल्ला संघ अपमानित भएको महशुस गरिएको बताउनुभयो । ‘संघमा लागेर यस्तो भयो भन्ने नै रहेन । दोहोरो तथा सुमधुर सम्बन्ध हुन नसकेपछि हामी किन राष्ट्रिय सहकारी संघलाई अभिभावक मान्ने ? उहाँले प्रतिप्रश्न गर्नुभयो । ‘जहाँ सम्मान सल्लाह हुदैँन, त्यसलाई अभिभावक मान्नुको कुनै तुक छैन्’ उहाँले भन्नुभयो । प्रतिनिधिले उपभोग गर्न नपाइने, कहिल्यै प्रनिनिधि नभएका योग्य ठहरिने संघमा परिपाटी रहेकाले हामीले बिरोध गरेका हौं’ महासचिव सुवेदीले भन्नुभयो ।
काठमाडौं जिल्ला संघले सदस्यता त्याग्नेसम्मको घोषणा गरेपछि अन्य जिल्ला संघहरुले पनि चासो देखाउन थालेका छन् । अन्य जिल्ला संघ तथा विषयगत संघहरु पनि असुन्तुष्टी रहेको बुझिएको छ ।
हालै राष्ट्रिय सहकारी संघले भारतको एक प्रतिष्ठित सहकारी इफ्कोमार्फत काठमाडौं लगायत प्रभावित क्षेत्रमा १० हजार प्याकेट राहत वितरण गरेको थियो । राहत वितरण गर्दा संघले मनोमानी ढंगले काम गरेको, आफ्नो जिल्ला संघलाई फटाउन खोजेको जिल्ला संघको आरोप छ ।
जिल्ला सहकारी संघका महासचिव सुवेदीले चरम असुन्तुष्टी रहेको बताउँदै अन्य सहकारीकर्मीसँग, अन्य जिल्ला संघहरुसँग छलफल गरेर कुन तहमा पुग्ने भन्नेबारे छिट्टै निर्णय गरिने बताउनुभयो । ‘राष्ट्रिय सहकारी संघलाई बहिष्कार गर्ने कि, सुधार गर्न चेतावनी दिने भनेर छलफल भइरहेको छ’ उहाँले भन्नुभयो । ‘हाम्रो अभियानले अरु जिल्ला संघहरु पनि सर्तक भएका छन्, अधिकांश जिल्ला तथा विषयतगत संघले हामीसँग ऐक्यबद्वता जनाउन सक्छन्’ महासचिव सुवेदीले भन्नुभयो । चुनावका लागि राष्ट्रिय संघका सदस्य मात्रै नभएको जिल्ला संघका पदाधिकारीहरुले बताउँदै आएका छन् ।
राष्ट्रिय सहकारी संघको ६० जिल्ला संघहरु सदस्य भएका छन् । त्यस्तै विषयगत संघ गरी २ सय बढी राष्ट्रिय सहकारी संघमा आबद्व छन् ।
राष्ट्रिय सहकारी संघका सञ्चालक चन्द्रप्रशाद ढकालले काठमाडौं जिल्ला संघले बाग्रेनिङ गर्न खोजेको बताउनुभयो । राहत प्याकेज थोरै भएकाले काठमाडौंका सबै ठाउँमा नपुगेको स्वीकार गर्दै काठमाडौं जिल्ला संघकै कोषाध्यक्षको समन्वय र सहकार्यमा राहत वितरण गरिएको बताउनुभयो ।
राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले राष्ट्रिय सहकारी संघमार्फत कुनै गल्ती भएको भए सञ्चाउन तयार भएको बताउनुभयो । ‘विवादहरु हुन सक्छन्, आमाबुवासँग सम्बन्ध के हुन्छ भन्ने प्रश्न नै हुदैँन, सबैले सम्बन्ध सुमधुर बनाउनमा ध्यान दिनुपर्छ’ उहाँले भन्नुभयो । राष्ट्रिय सहकारी संघको धरोहर भनेकै जिल्ला संघ हुन्, हामीहरुले अपमान गर्नु हुदैँन,यदी त्यसो भएको छ भने म गल्ती स्वीकार गरी सच्चिन तयार छु, तर सम्बन्धमा चिसोपना ल्याउन हुदैँन ।’ उहाँले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चौथो समूहको सातौं PALM कार्यशाला सम्पन्‍न
नेफ्स्कूनले महिलाद्वारा सञ्चालित साकोसहरुका लागि चैत मसान्तसम्म निःशुल्क प्रविधि सेवा उपलब्ध गराउने
साकोस व्यवस्थापकहरुको क्षमता अभिवृद्धि तालिम (CUMCC) शुरु
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक दिने महिला गोष्ठी सम्पन्न