बाढीपीडितलाई निःशुल्क बीउ वितरण
कैलाली जेठ १० । कृषि विकास कार्यालय कैलालीले यहाँका दुई हजार ७७१ जना बाढीपीडितलाई निःशुल्क बीउ वितरण गरेको छ ।
जिल्लाका टीकापुर, धनसिंहपुर, नारायणपुर, जोशीपुर, थापापुर, मुनुवा र गोदावरीका बाढीपीडितलाई निःशुल्क धानको बीउ वितरण गरिएको हो । कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत युवराज पाण्डेयका अनुसार टीकापुरमा १५८ हेक्टर, धनसिंहपुरमा ४८, नारायणपुरमा एक १५०, जोशीपुरमा १५, थापापुरमा ८००, मनुवामा ९० र गोदावरीमा १५ हेक्टरका लागि बीउ वितरण गरिएको छ ।
“कार्यालयमा आएको रेकर्डअनुसार धानको बीउ वितरण गरिएको हो” उहाँले भन्नुभयो । यस्तै कैलालीका किसानलाई ७२० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरिएको छ । वितरण गरिएको उन्नत जातको धानको बीउ ७५ र ५० प्रतिशत अनुदानमा रहेको बताइएको छ । सरकारले किसानको पैसा स्वदेशमै रहोस् भनेर मसिनो धानलाई प्राथमिकता दिँदै आएको छ । तर कैलालीका किसानले भने मोटो धान भारतबाट खरिद गर्दै आएका छन् ।