लघु जलविद्युत् आयोजना बन्द


बनेपा, ११ जेठ । भूकम्पले सबै क्षेत्रलाई तहसनहस बनाइरेहका बेला काभ्रेपलाञ्चोकमा रहेका केही लघु जलविद्युत् आयोजना बन्द भएका छन् ।

महाभारत शृङ्खला डाडाँपारी रहेको फलामेटार, फोक्सिङटार, मिल्चे माझिफेदालगायतका गाविसमा १५ देखि २० किलोवाट क्षमताका लघु जलविद्युत् आयोजना भूकम्पका कारण पूर्ण रुपले क्षति हुँदा बन्द भएका हुन् । जिविसको वातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख अन्जित गौतमका अनुसार ती लघु जलविद्युत् आयोजनाबाट ६० किलोवाट विद्युत् उत्पादन हँुदै आएको थियो ।

बीसवटा लघु जलविद्युत् आयोजनाको कुलो भत्किएको, चिरा परेको र खम्बा ढलेका छन् । बन्द भएका लघु जलविद्युत् आयोजनाबाट त्यस क्षेत्रका ६०० घरधुरी प्रभावित भएका छन् । विद्युत् उत्पादन अवरुद्ध भएपछि कुटानी र पिसानीको कार्य समेत प्रभावित भएको छ । जिल्लाको ग्रामीण क्षेत्रका आयोजनाबाट ७०० किलोवाट विद्युत् उत्पादन हुदैं आएको छ ।

जिल्लाका विभिन्न गाविसमा गरी कुल ३० वटा लघु जलविद्युत् आयोजना छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
प्रोबेसन कार्यक्रम अन्तर्गत गौरीशंकर क्लष्टरमा आबद्ध साकोसहरुबीच असल सिकाई आदान प्रदान