कृषि प्रतिष्ठानद्वारा दुई जिल्लामा राहत कार्यक्रम वितरण


काठमाडौं, जेठ १२ । “किसानको लागि किसान” अभियानअन्तर्गत नेपाल कृषि पत्रकार प्रतिष्ठान९जोना०को संयोजनमा दोलखा र ललितपुर जिल्लाका पीडित किसानलाई राहत बितरण गरिएको छ । प्रतिष्ठानले आइतबार ललितपुरका संखु गाबिसमा पशु स्वास्थ्य शिबिर, मानव स्वास्थय शिबिर र बीउ वितरण शिविर सञ्चालन गरेको थियो ।
कृषि विकास बहुउद्देश्यीय संस्था, लोकन्थलीस्थित समिट हस्पिटल प्राइभेट लिमिटेड, नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसिएसन ललितपुर शाखा तथा सिप्रेडको सहयोगमा प्रतिष्ठानले उक्त शिबिरको आयोजना गरेको थियो । शिबिरमा दुई सय जना सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये ६० प्रतिशत महिला, १० प्रतिशत बालबालिका तथा बाँंकी बृद्धबृद्धा तथा युवायुवतिको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षण गरिएकाहरुलाई विभिन्न प्रकारको औषधी निः शुल्क रुपमा बितरण गरिएको थियो ।
यसैगरी शिबिरमा पीडित किसानलाइृ बकुल्ला, रायोको साग, गाजर, बोडीको बीउ संखु गाबिसको ९ बटा बडाको कृषि समूहलाई हस्तानान्तर गरिएको थियो । त्यसैगरी एक लाख मूल्य बराबरको पशुसम्बन्धि विभिन्न प्रकारका औषधीसमेत वितरण गरिएको थियो । पशु प्राविधिक चिकित्सकहरुले गाई, भैसी, बाख्रालगायतको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण गरेका थिए ।
स्थानीयकाअनुसार उक्त गाबिसमा ५ सय ७० घरहरु रहेकोमा भूकम्पका कारण सबै घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । भूकम्पमा परेर एकजनाको मृत्यु भएको छ भने २१ व्टा ठूलो पशु, ३२ बाख्रा, एक हजार एक सय २७ कुखुरा मरेका थिए । त्यसैगरी १० हजार दुई सय किलो मकै र ८ हजार ६० किलो तोरी नष्ट भएको छ ।
यस्तै प्रतिष्ठानले शनिबार दोलखा जिल्लाको जफे गाबिसमा पीडित किसानलाई राहत सामाग्री वितरण गरेको थियो । प्रतिष्ठानका महासचिब गोविन्द शर्माकाअनुसार सीपीसीएस, स्वतन्त्र नेपाली समाज साउदी अरव अलकासिम, शाकाहारी अभियान नेपाल, मेरिगोल्ड गल्र्स होस्टल, सभासद आनन्दप्रसाद पोखरेललगायतको सहयोगमा राहत सामाग्री बितरण गरिएको थियो । जफे गाबिसको वडा नम्बर ३, ५ र ६ का ५० घरपरिबारलाई जनही एक त्रिपाल, एक व्लान्केट, १५ किलो चामल, नुन र चाउचाउ वितरण गरिएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक