पुर्ननिर्माणमा लाग्दै उपासना सहकारी


ab 3काठमाडौं, जेठ १२ । उपासना महिला बचत तथा ऋण सहकारी संस्थाले भूकम्पबाट क्षतिग्रस्त घरहरुको पुर्ननिर्माणमा जुटेको छ । सीतापाईला, रामकोट क्षेत्रका भत्केका घरहरु सरसफाई गर्नुका साथै अस्थायी घरहरु निर्माणमा सहकारी लागी परेको हो ।
उपासना सहकारीमा आबद्व ५०० जनाको घरमा क्षति पुगेको छ । सहकारीका अध्यक्ष अमरावती महर्जनका अनुसार संस्थाका १० जना र समूहका सबै महिला श्रमदानमा खटिएका छन् । ‘हामी श्रमदान गर्छाै, अस्थायी घर बनाउँदा आवश्यक सरसामान पनि खरिद गर्ने गरेका छौं’ उहाँले भन्नुभयो ।
उपासनाले आलोपालो गरेर १० जना स्ंवयमसेवक परिचालन गरेको छ भने समूहमा आबद्व २५ जना महिलाहरु पनि श्रमदान गर्न सक्रिय भएका छन् ।
संस्थामा ३५ सय महिला आबद्व भएका छन् । उपसाना महिला बचत तथा ऋण सहकारी संस्थाका ३५ लघु वित्त संस्थाहरु छन् । एक समूहमा १५ देखि ३० जना महिला आबद्व छन् ।
उक्त संस्थाले पालबाट आफ्ना सेवासमेत दिएको थियो । भूकम्प आएको केही दिनभित्र भूकम्पपीडितलाई संस्थाले खाद्यन्न तथा त्रिपालसमेत वितरण गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न