प्रधानीमन्त्री कोषमा रकम थपिदैं


काठमाडौं, जेष्ठ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हेटौडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडको ३२ लाख ३१ हजार सहयोग गरेका छन् ।
भूकम्प प्रभावितको राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हेटौडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडले ३२ लाख ३१ हजार ३३३ रुपियाँ चेक मार्फत आजै जम्ममा गरी सहयोग गरेका छन् ।
महा–भूकम्पका कारण ठूलो धनजनको क्षती भएको दुखद घडीमा ज्यान गुमाउने नागरिकहरु प्रति हार्दिक श्रद्धान्जली तथा घाईते तथा अङ्ग भङ्ग भएकाहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दै हेटौडा सिमेन्ट उद्योग लिमिटेड र उदयपुर सिमेन्ट उद्योग लिमिटेडले उक्त रकमको सहयोग गरेका हुन् ।
यसरी चेक मार्फत हेटौडा सिमेन्ट उद्योग लिमिटेडले १५ लाख ५६ हजार ६२० रुपियाँ र उदयपुर सिमेन्ट उद्योग लिमिटेडले १६ लाख ७४ हजार ७१३ रुपियाँको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले