वार्षिकोत्सवको रकम महाभूकम्पपिडितहरुको पुनव्र्यवस्थापनमा


हातेमालो सहकारीको आठौं वार्षिकोत्सव विशेष सप्ताह स्थगित

सिमरा, १४ जेठ  सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले महाभूकम्पको पिडा र त्रासदीको कारण आफनो आठौं स्थापना दिवस विशेष सप्ताहका सबै कार्यक्रमहरु स्थगित गरी महाभूकम्पका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणमा सहभागिता जनाउने निर्णय वैठकले गरेको छ । संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा आज बसेको वैठकले उक्त निर्णय गरेको हो । यस वर्षको वार्षिकोत्सवको बजेटबाट अति प्रभावित दुर्गम हिमाली जिल्ला दोलखामा सार्वजनिक संस्था तथा निजी आवास निर्माणका लागि बांसलगायत निर्माण सामाग्री लैजाने र स्वयम्सेवी जनशक्ति परिचालन गर्नका लागि उपाध्यक्ष सीता गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

वास्तवमा यतिखेर वार्षिकोत्सव मनाउने र औपचारिक कार्यक्रम गर्ने अवस्था रहेन । सिंगो मुलुक शोकमा डुबेको र क्षतिग्रस्त संरचनाको पुनर्निमाणमा जुटिरहेको समयमा सप्ताहव्यापी रुपमा खुशीयाली मनाउन उपयुक्त नहुने ठहरका साथ सबै कार्यक्रम स्थगन गरिएको बताइएको छ ।

वैठकले दोलखाको स्थानीय प्रशासन र सहकारी अभियानसंग समन्वय गरी भवन संरचना तयार गर्नका लागि निर्माण सामाग्री र जनशक्ति पठाउने निर्णय गरेको छ । यसका लागि बांसलगायत निर्माण सामाग्री र स्वयम्सेवा गर्न चाहने जनशक्तिका लागि सदस्यहरुलाई आह्वानसमेत गरकेो छ ।

यस अघि हातेमालोले महाभूकम्पपिडितको राहतका लागि जिल्ला सहकारी समन्वय सञ्जाल र नेफ्स्कूनमार्फत एक लाख रुपैया सहयोग गरेको थियो ।

वार्षिकोत्सवका सबै कार्यक्रमहरु स्थगित भएपनि सम्मान तथा पुरस्कार छनोटका लागि प्रक्रिया अघि बढाएको छ । संस्था स्थापना दिवसको दिन जेठ २० गते सार्वजनिक गर्नेछ । संस्थाले रु. १० हजार नगदसहितको हातेमालो सहकारी पत्रकारिता पुरस्कार, समाजका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरु, जेष्ठ नागरिक, उत्कृष्ट बचत तथा कारोवारकर्ता, व्यवसायी, क्याम्पसका उत्कृष्ट अभिभावक तथा विद्यार्थी, उत्कृष्ट कर्मचारीलगायतलाई सम्मान गर्दै आएको छ । यसवर्ष भने यसरी छनोट भएकालाई आगामी भाद्रमा हुने आठौं वार्षिक साधारणसभामा सम्मान गरिनेछ ।

वैठकमा लेखा संयोजक डम्मरमणि थेवे लिम्वु, उपाध्यक्ष गुरुङ, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले र व्यवस्थापक महेश ढुंगेललगायतको उपस्थिति रहेको थियो ।

२०६५ जेठ २० गते स्थापना भएको हातेमालोमा हाल १ हजार छ सय सदस्यहरुवीच सो¥ह करोडको कारोवार गरिरहेको छ । संस्थाले मध्यतराईकै एक उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको पहिचान बनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने