लेखा व्यवस्थापन तालिम सम्पन्न


कालीकोट, जेष्ठ १५ । सहकारी लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । सहकारी संस्थाहरुका व्यवस्थापक र अध्यक्षहरुका लागि तालिम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला सहकारी संघ कालीकोटका अध्यक्ष कालीबहादुर महताराले सिकेका कुरा व्यवहारमा लागु गर्न अनुरोध गर्दै सहकारी संस्था साझा दायित्व र जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिनुभयो । जिल्ला लघुउद्यमी समुह संघ कालीकोटको आयोजना तथा लघु उद्यम विकास कार्यक्रम सुर्खेतको आयोजनामा संचालन गरिएको तालिममा भर्ता,दांहा,मान्म,फुकोट र स्युनाका गरि १४ जनाको सहभागि भएको जिल्ला लघु उद्यमी समुह संघका लघुउद्यम सहजकर्ता मन तिरुवाले बताउनुभएको छ। उहाँले भने जिल्लामा उद्यम गरेर व्यवसायिक बनेर आत्मनिर्भर बन्न डि मेगा कालीकोटले समुहहरुलाई सहकारी करण गर्दै लिएको जानकारी दिनुभयो ।
सहकारी लेखा व्यवस्थापनमा बोल्दै सहभागि फुकोटका ६८ वर्षिया विद्यानिधि शर्माले ३० वर्षको शिक्षण पेशामा कार्यरत रहदाको तालिम भन्दा पनि सहकारी लेखा फरक भएको अनुभुति राख्दै सहकारी मार्फत व्यवसाय शुरु गरेर समाजमा उदाहरणिय काम गर्नु युवाहरुलाई अनुरोध गरेका छन । त्यस्तै गरि दाहा स्थित विहानि कृषि सहकारी संस्थाका बल बहादुर शाहीले तालिमले ढोका खोलेकाले ढोका भित्र पसेर व्यवस्थापनमा लागि पर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न