सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने


सन्धिखर्क, अर्घाखाँची जेष्ठ १५ । डिभिजन सहकारी कार्यलय कपिलबस्तुको आयोजनामा कार्यक्षेत्र भित्रका लाईन एजेन्सीहरुको पदाधीकारीहरुसँग अर्घाखाँचीको सन्धिखर्कमा सहकारी सम्बन्धि अन्तरकृया गोष्ठी सम्पन्न भएको छ ।
कार्यक्रममा डिभीजन सहकारी कार्यलय कपिलबस्तुका प्रमुख रामप्रसाद चापागाईले सहकारी सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा सहकारीबाट उत्पादन बढाउन सकिने बताउनुभएको थियो ।
सहकारी र सहकारीताको बिषयमा महिला बिकास कार्यलयकी प्रमुख बिष्णुकुमारी लामिछाने, उद्योग बाणिज्य संघका महासचिब नेत्रप्रसाद भुसाल, कृषि बिकास कार्यलयका खुबीराम आचार्य, जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष दधिराम आचार्य, जिल्ला कृषि सहकारी संघका अध्यक्ष ढुण्डीराज ज्ञवाली लगायतले आआफ्नो धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा डिभीजन सहकारी कार्यलय कपिलबस्तुका प्रमुख रामप्रसाद चापागाई,डिभीजन सहकारी कार्यलयका गंगाराम घिमिरे,पार्बती ज्ञवाली लगायतले सहकारीको मर्म भाबना र उदेश्यमाथी प्रस्तुत गर्नु भएको थियो ।
कार्यपत्रमाथी साथी बचत तथा रिण सहकारी सस्थाका अध्यक्ष प्रकास भुसाल, त्रिबेणी सहकारीका अध्यक्ष गाबिन्द बिसी, अन्यसहकारीका जानका बन्जाडे, सुस्मा श्रेष्ठ, मिश्रा आचार्य, बिनोद गैरे लगायतले टिप्पणी गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक