कतारले सहयोग गर्ने


अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि कतारका राजदूत अहमद जासिम अल हमारबीच नेपालमा भूकम्पले पु¥याएको क्षति र पुनर्निर्माणका बारेमा विहीबार अर्थमन्त्रालयमा छलफल भयो ।
भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले हालै गएको भूकम्पमा नेपालले ठूलो क्षति व्यहोर्नुपरेको चर्चा गर्दैै यो विपद्को घडीमा अन्तर्राष्ट्रिय समुदायबाट सहयोग भैरहेको उल्लेख गर्नुभयो । उहाँले आगामी जुन २५ मा नेपाल सहायता सम्मेलन आयोजना गरिने र सो सम्मेलनमा कतारको सहयोगको अपेक्षा गरिएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउनका लागि सहायता सम्मेलन गर्न लागिएको हो । आन्तरिक स्रोतबाट पनि कतिपय निर्माणहरु गरिनेछ । तर भूकम्पको क्षति भयावह भएकोले अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग अपेक्षा गरिएको छ । उहाँले कतिपय गाउँलाई नै स्थानान्तरण गर्नुपर्ने र यसका लागि ठूलो खर्च लाग्ने जानकारी दिनुभयो ।
भूकम्पले नेपालको लाखौंको संख्यामा निजी घर तथा खर्बौं सम्पत्ति, हजारौं सरकारी कार्यालय, सयौ अस्पताल, दशौं हजार विद्यालय लगायत राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदाहरुमा ठूलो क्षति पु¥याएको उल्लेख गर्दै उहाँले सरकारले तिनलाई छिटै पुनर्निर्माण गर्ने स्पष्ट पार्नुभयो । ठूलो क्षति भएको छ, उहाँले भन्नुभयो, अर्थतन्त्रमा यसको नकारात्मक प्रभाव पर्नेछ तर सरकार नकारात्मक प्रभावलाई न्यून गर्न क्रियाशील भएर लागिरहेको छ ।
सो अवसरमा कतारका राजदूत हमारले पुनर्निर्माणका लागि नेपाललाई सहयोग गर्ने आश्वासन दिनुभयो । उहाँले मध्यपूर्वका अन्य मुलुकहरुबाट पनि नेपाललाई ठूलो सहायता जुटाउन सकिने संभावनाबारे पनि जानकारी दिनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित