दाङको पहाडी भेगमा जडीबुटी बिकास कार्यक्रम


दाङ, जेठ १५ । सामुदायिक वन उपभोक्ता महासंघले दाङका पहाडी क्षेत्रमा जडीबुटी बिकास कार्यक्रम शुरु गरेको छ । दाङका काभ्रे, स्यूजा, सैघा, लोहारापनी र हासीपुरमा जडीबुटीको राम्रो सम्भावनलाई प्रवद्र्धन गर्ने गरी कार्यक्रम थालिएको वन महासंघले जनाएको छ ।
रुपान्तरण नेपाल बहुसरोकारवाला वन कार्यक्रमको साझेदरीमा सामुदायिक वन उपभोक्ता महासंघ दाङले काभ्रे र स्यूजा गाविसमा सामाजिक परिचालन अन्र्तगत जडीबुटी बिकासलाई केन्द्रीत बनाएर काम थालेको छ ।
कार्यक्रमबारे जानकारी दिन आज शुक्रवार काभ्रेको जुम्लेपानीमा आयोजित कृषि वन तथा वातावरण समिति सवलीकरण तथा अभिमुखीकरण कार्यक्रमका सहभागिहरुले पहाडी क्षेत्रमा जडीबुटीको राम्रो सम्भावनालाई प्रवद्र्धन गर्नका लागि कार्यक्रम केन्द्रीत गर्ने निर्णय गरेका छन ।
कार्यक्रममा जिल्ला वन कार्यालयका जडीबुटी फोकल पर्सन भरतपुर सेक्टरका सहायक वन अधिकृत देविप्रसाद चौधरीले दाङका काभ्रे र स्यूजा सहित पहाडी गाविसमा सम्भावित जटिबुटी खेतीका बारेमा जानकारी गराउनु भएको थियो । पहाडी गाविसलाई जिल्ला वन कार्यालयले पनि जडीबुटीको बिकास गर्न कार्यक्रम केन्द्रीत गरेको जानकारी गराउनुभयो । चीसो मौषमका कारण यहाँ उत्पादन हुने टिमुर, दालचीनी, रिठो, मालागेडी र सुनाखरीको राम्रो सम्भावना रहेको बताउनुभयो ।
जिल्ला वन कार्यलयले गरेको अध्ययनबाट जिल्लाको पहाडी भेगमा उत्पादनको राम्रो सम्भावना भएका टिमुर, दालचीनी, रिठो, मालागेडी र सुनाखरीको बजारको कुनै अभाव नहुने देखिएको बताउनुभयो । यो सगै ब्यक्तिले गर्ने निजी वन बृक्षारोपणका लागि जिल्ला वन कार्यालयले अनुदान दिने ब्यवस्था रहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ दाङका सचिव हेमराज शर्माले बहुसरोकारवाला वन कार्यक्रम पहाडी क्षेत्रमा जडीबुटी प्रवद्र्धनमा केन्द्रीत गरिने बताउनुभयो । उहाँले वन महासंघले अव वन समूहको आन्तरिक श्रोत, दाताहरुको सहयोग र जिल्ला वन कार्यालयसँगको समन्वयमा जडीबुटी प्रवद्र्धनको काम थालिने जानकारी दिनुभयो । कार्यक्रमका सहभागिहरुले आफ्नो वन क्षेत्रमा ओखर, हर्रो,बर्रो,अमला, दालचीनि,टिमुर, रिठो लगायतका प्रजातीका जडीबुटी भएको भन्दै प्रवद्र्धन गर्नु पर्नेमा जोड दिएका छन ।
सामुदायिक वन उपभोक्ता महासंघ कमिरेचौर इलाका महासंघका अध्यक्ष खुमानसिंह घर्तिको सभापतित्व एंव वन महासंघ दाङका सचिव हेमराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा वन महासंघका जिल्ला कोषाध्यक्ष कमलराज पोख्रेल, सदस्य रत्नलक्ष्मी थापा, जिल्ला वन कार्यालय भरतपुर सेक्टरका सहायक वन अधिकृत देविप्रसाद चौधरी, नेपाली काग्रेस काभ्रेका सभापति केदारनाथ पौडेल, नेकपा एमाले काभ्रेका अध्यक्ष दामोदर खड्का, एकिकृत नेकपा माओवादी काभ्रेका अध्यक्ष चुडामणि नेपाली, नेकपा– माओवादी जिल्ला सचिवालय सदस्य हिमलाल लम्साल, नेकपा माओवादीका भीमबहादुर राना, कमिरचौर इलाकाका वन रक्षक फूलमान चौधरी, रुपान्तरण नेपाल बहुसरोकारवाला वन कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक पुनिता चौधरी, कार्यक्रम अधिकृत कपिल दाहाल, वन महासंघका फिल्ड अधिकृत भूपबहादुर केसी, कृषि वन तथा वातावरण समितिका सचिव चेतनाथ पौडेल, सहभागिह गणेशकुमार गौतम लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण वन महासंघ काभ्रेका अध्यक्ष नारायण डाँगीले गर्नु भएको थियो ।
कार्यक्रममा काभ्रे र स्यूजा गाविसमा रहेका वन समूहका अध्यक्ष सहितका पदाधिकारी र कृषि वन तथा वातावरण समितिका पदाधिकारीको सहभागिता रहेको थियो ।
बिगत करिव तीन बर्षदेखि शुरु बहुसरोकारवाला वन कार्यक्रम देउखुरी क्षेत्रका ६ वटा गाविस र दाङ क्षेत्रका ८ वटा गाविस गरी १४ गाविसमा सञ्चालित हुदै आइरहेको बहुसरोकारवाला वन कार्यक्रम यो बर्षदेखि पहाडी गाविस काभ्रे र स्यूजामा थप गरिएको छ । दाङ क्षेत्रका रामपुर,लक्ष्मीपुर,काभ्रे,स्यूजा, हापुर, बिजौरी,गोल्टाकुरी फूलवारी, सौडियार र धर्नामा वन महासंघले सामाजिक परिचालन कार्यक्रम गर्दै आइरहेको छ । वन महासंघ मार्फत एक सय ३९ वटा वन समूहमा कार्यक्रम चलिरहेको छ ।
देउखुरी क्षेत्रका ६ वटा गाविसमा मानव कल्याण तथा वातावरण संरक्षण केन्द्रले सामाजिक परिचालनका काम गर्दै आइरहेको छ ।
कार्यक्रममा रुपान्तरण नेपाल बहुसरोकारवाला वन कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक पुनिता चौधरीले बहुसरोकारवाला वन कार्यक्रमको लक्ष्य तथा उद्देश्य र दाङका थालिएका कार्यक्रम बारेमा प्रकाश पार्नु भएको थियो ।
बहुसरोकारवाला वन कार्यक्रम मार्फत स्थानीय वन समुहहरुद्धारा वन श्रोतममा पहुच तथा वन श्रोतको ब्यवस्थापन गर्ने,वन समूहहरु तथा वहुसरोकारवाला संरचनाहरुको शुसासनको अभ्यास गर्ने,बिपन्न पछाडी परेका तथा जलवायु परिवर्तनको जोखिमको जोखिममा रहेका घरधुरीहरुलाई क्षमता बिकास गर्ने, आवधिक बिकास योजना तयारी तथा पुनरावलोकन गर्ने,बहुसरोकारवाला संयन्त्रको स्थापना र सवलीकरण गर्ने, उद्यम बिकासमा अवसर र चनौतीहरुको पहिचान गर्ने, बजारीकरण तथा क्षमता अभिबृद्धि सहयोग गर्ने, कार्ययेजाना कार्यान्वयनमा सहयोग वन समूहरुको अनुगमन र मूल्याकन गर्ने, लक्षित बर्गको जीविकोपार्जन सुधार योजना सुधार निर्माण र कार्यान्वयमा सहयोग गर्ने, पछाडी परेका घरुरीहरुको क्षमता अभिबृद्धिमा सहयोग गर्ने, जलवायु परिवर्त अनुकुलन योजना र कार्यान्वयन गर्ने, सामाजिक रुपमा बञ्चितिकरण परेका साझेदार संस्था र कर्मचारीहरुको क्षमता बिकास गरिने वन महासंघका फिल्ड कार्यक्रम अधिकृत भूपबहादुर केसीले जानकारी दिनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक