खेतीपातीको तयारी गर्दै कृषक


भद्रपुर, १७ जेठ । वर्षात नजिकिदै गर्दा कृषकहरु खेतीपातीको तयारी गर्न थालेका छन् । बर्खे धानबालीका निम्ति झापाका कृषक आ–आफ्ना खेतमा बीउ लगाउने कार्यमा व्यस्त देखिएका हुन् ।

कुल ९० हजार हेक्टर जग्गामा खेती हुने यहाँका लागि ४० हजार ५०० क्विन्टल बीउको आवश्यकता पर्ने कृषि विकास कार्यालयले जनाएको छ । एक हेक्टर जग्गामा ४५ किलो बीउ आवश्यक पर्छ । ब्याडका लागि कृषकले खेत खनजोत गरिरहेका छन् । कृषकले आफ्नै घरमा भण्डार गरी राखेका बीउ खेतमा छर्ने गरेका छन् । कतिपयले चन्द्रडाँगी, शिवगन्ज, महारानी झोडा, बीउबिजन केन्द्र तथा मेची सहकारी इँटाभट्टा जाने गरेका छन् ।

सरकारको मातहतमा रहेको चन्द्रडाँगीले आफ्नै ८४ बिगाहा खेतमा तयार पारेको विभिन्न जातका करिब ५३३ क्विन्टल बीउ बिक्री गरेको कृषि विकास कार्यालयका प्रमुख मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो । कृषकले मन्सुली, राधा–१२, रञ्जित, कान्छी मन्सुली, हर्दिनाथ र ललका बासमती जातका धानका बीउ लगाउने गरेका छन् ।

लालका बासमती धान प्रतिकिलो रु ८५ र अन्य धानको बीउ रु ४४ देखि रु ४८ सम्ममा बिक्री हुने गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने