सहकारीमा क्रियाशील हुने क्रम बढ्दै


म्याग्दी, जेष्ठ १८ । सहकारीमा आकर्षण बढ्दै गएको छ । केही गाउँका प्रत्येक घरधुरीहरु सहकारीमा आबद्व हुन थालेका छन् ।
म्याग्दीका ग्रामीण भेगमा सञ्चालित महिला सहकारीले सबै घरधुरीलाई आबद्ध गराउने अभियान चलाएपछि सो क्ष्क्षेत्रका अधिकांश महिला सहकारीमा आबद्व भएका छन् । महिलाको सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न गाविसमा सञ्चालित महिला सहकारीले गाविसभित्रका शतप्रतिशत घरधुरीलाई सहकारीमा आबद्ध गराउन लागेका हुन् ।
महिला तथा बालबालिका कार्यालयले प्रवद्र्धन गरेका तथा प्लान नेपाल र सहमति संस्थाको साझेदारीमा सञ्चालित परियोजनाको सहयोगमा स्थापना भएका महिला सहकारीले सबै घरधुरीलाई समेट्न थालेपछि सहकारीको कारोबारसमेत बढेको छ ।

हालसम्म जिल्लामा आठ गाविसमा रहेका महिला सहकारीले शतप्रतिशत घरधुरी आबद्ध गराइसकेका छन् । त्यसमध्ये कुइनेमङ्गले, दग्नाम, झिँ र कुहुँलाई शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध भएको गाविस घोषणा गरिएको सहमति संस्थाका जिल्ला कार्यक्रम संयोजक शिव सुवेदीले बताउउनुभयो ।
निस्कोट, लुलाङ, चिमखोला र बेगखोलामा रहेका महिला सहकारीले शतप्रतिशत घरधुरी सहकारीमा आबद्ध गराइसकेकाले औपचारिकरुपमा घोषणा गर्ने तयारी भइरहेको बताइएको छ ।

कुइनेमङ्गले गाविसमा रहेका २३१, दग्नामका २३५, झिँका २९९ र कुहुँका ७३६ घरधुरी स्थानीयस्तरमा सञ्चालित महिला सहकारीमा आबद्ध भएका छन् ।

महिला सहकारीको क्षमता तथा संस्थागत विकासका लागि महिला तथा बालबालिका कार्यालयसँगै गैरसरकारी संस्थाले समेत सहकारी लक्षित कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

सहमति र प्लान नेपालको साझेदारीमा जिल्लामा सञ्चालित बालिका शक्ति परियोजना र सामाजिक समावेशीकरण तथा विभेदरहित परियोजनाअन्तर्गत स्वावलम्बी महिला समूह तथा सहकारी प्रवद्र्धन कार्यक्रममार्फत बेनी नगरपालिकाअन्तर्गतका १० वडा र २२ गाविसमा रहेका महिला सहकारीलाई सहयोग गर्दै आएको जनाएको छ ।

परियोजना सञ्चालन भएका गाविसमा महिला स्वावलम्बी समूह गठन, व्यवस्थापन र सहकारी शिक्षासम्बन्धी तालिम, सहकारी दर्ता, फर्निचर तथा स्टेसनरी सहयोगसँगै सहकारीका व्यवस्थापक र सहजकर्ताका लागि तलबस्वरुप प्रशासनिक खर्चसमेत सहयोग गर्दै आएको सहमति संस्थाका जिल्ला कार्यक्रम संयोजक सुवेदीले बताउनुभयो ।

२७ महिला सहकारीमा हालसम्म ११ हजार ३३७ घरधुरी आबद्ध भइसकेका छन्, । घरमहिला सहकारीले नौ करोड रुपैयाँभन्दा बढीको कारोबार गरिसकेका छन् भने ५०३ वटा स्वावलम्बी महिला समूह क्रियाशील छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक