नयाँ जीवन पाँए


-रमिला श्रेष्ठ शाक्य-

भग्नावशेषमा पुरिदाँ संसार यति नै रहेछ भन्ने लागेको थियो । जताततै अन्धकार, शरिर चलाउन सक्ने स्थिती पनि थिएन । दाब्रे हात मात्र चल्थ्यो । बैशाख १२ गते म कामको सिलसिलामा सिन्धुपाल्चोक पुगेको थिएँ । एकाएक आएको भूकम्पले संसारै हल्यायो । सबै तहसनसह बनायो ।
मलाई दिनरात के हो थाहा नै भएन । जताततै अन्धकार । चिच्चाएको पनि कसैले नसुन्ने तर मैले होश गुमाईन । होश गुमाउँदा जीवन नै खतरामा थियो । म बारम्बार दिमागलाई होशमै रहन सुझाव दिन्थे । होश गुमाउन खोज्दा जीवन यति नै रहेछ भन्ने भान हुन्थ्यो जसोतसो म होशमै रहिरहन सफल भए ।

करिब साढे पाँच घण्टा भग्नावेषमै रहेर बिते छ । त्यसपछि हल्का उज्यालो देखेको अनुभव भयो । बेस्सरी चिच्चाए । ज्युदै भएको खबर दिएँ । म शाौचालयमा थुनिएको थिएँ । सानो ठाउँ भएर बच्ने मौका पाए । सबै शरिर चेपिएको थियो । तर डर लागेन । बेहोश भएको मेरो ज्यान जान जान सक्थौ ।
भग्नावशेषमा पुरिदाँ मैले भगनवानलाई सम्झिन् । मैले मेरो  श्रीमान र छोरालाई सम्झिएँ । श्रीमानले यसअघि नै हामीलाई छोडेर जानुभयो । मलाई यति छिट्टै किन लैजान लागेको होला ? भन्ने लाग्यो ।  श्रीमान नभएपनि मैले बालबच्चा पालेर बसेको थिए जस्तो मनमा आइरहन्थ्यो । बच्चाको याद आयो रोएँ । क्षणक्षणमा डर लाग्यो । तर कुनै उपाय थिएन ।
केही समयपछि सबै बिर्से । लाईट आयो । भगवानले बाच्नका लागि बाटो देखाए जस्तो लाग्यो । मैले मेरो श्रीमानलाई नै भगवानको रुपमा प्रकट भएको सम्झिएँ ।
मेरो आवाज सुनिसेकपछि एक जना भाई आउनुभयो । उहाँले मलाई नै खोजीरहनुभएको रहेछ । मेरो साथीले मेरो खोजी गरेको आवाज सुनिसकेपछि म नै भएको कन्फर्म भयो । भाईले मलाई सम्झाउनुभयो । मैले भने– मलाई केही पनि भएको छैन्, तर निस्कने ठाउँ छैन्’ म जीवितै रहेको देखेर भाईले खुसी प्रकट गर्नुभयो ।
भग्नावशेषमा पुरिएको साढे पाँच घण्टापछि आधी शरिर निस्कन सके पनि पुरै शरिर निस्कन सकेन । उद्वार गर्ने क्रममा भुईचालो आएर झन् थिचिदिन्थ्यो । उद्वार गर्ने टोलीहरु हतात भइरहन्थे । एकातिर खन्ने बित्तिकै अर्कोले थिचिदिन्थ्यो । गाउँलेहरुले पनि भग्नावशेषबाट हामीलाई उद्वार गर्न भरमग्दुर सहयोग गरेका थिए । जसरी तसरी सशस्त्र प्रहरी, नेपाली सेनाको टिमले मलाई निकाल्नुभयो । भग्नावशेषबाट निकालिएपछि लन्डनमा रहेकी छोरीसँग फोनमा कुराकानी भयो । फोन नलागेका कारण छोरासँग कुरा हुन सकेन । छोरीलाई नै म शकुशल रहेको खबर गर्न अह्राए ।
घटना सिन्धुपाल्चोकको चिसापानीमा अवस्थित बिबिसी होटेलको हो । म रोटरी क्लव आफ नेपाल न्यूरोड सिटीको सदस्य हुँ । रोटरी क्लव न्यूरोडमार्फत आगामी वर्षको स्थान भिजित गर्नका लागि हामी सिन्धुपाल्चोक पुगेका थियौं । aरोटरी क्लव न्यूरोड सिटीकोे संस्थापक अध्यक्ष  डा हर्षरत्न शाक्य, अध्यक्ष निलकण्ठ श्रेष्ठकोको अगुवाईमा हामी २५ जना गएका थियौं । त्यसमध्ये ३ जनाको मुृत्यु भएको थियो भने ७ जना घाइते हुनुभयो । खाना खाने तयारी गर्र्द थियौं भूकम्पले तहसनहस बनायो ।
भूकम्पपछि उक्त होटल अहिले ध्वस्त भएको छ । होटलमा पुरिएर तीन जनाको मृत्यु भयो । म अन्तिममा निकालिएपनि मलाई खासै चोटपटक लागेको थिएन । मलाई आर्मी हस्पितल छाउनीमा उपचारका लागि पु¥याइयो । मलाई खासै केही नभएकाले डाक्टरको सल्लाहअनुसार म तुरुन्तै घर गए ।
बैशाख २९ गते पनि म धन्न बचेँ । आफ्नै घरको तेस्रो तलामा थिएँ । मेरो दोस्रो तलामा क्षति पुगेको छ । अहिले म माइतमै बस्दै आएको छु । भूकम्प आएको एक महिनापछि टेन्सन भएको थियो । मलाई शनिबार बचाउने को होला ? भनेर, कुराकानी गर्न पाए हुन्थ्यो भन्ने दिनभरी लागिरहेको थियो । अपराह्न हुदैँ थियो । एक्कासी उहाँको फोन आयो । खुसीले गद्गद् भएँ । मलाई बचाउने शिबपुरी सैनिकको अरुणकुमार उप्रेती हुनुहुन्थ्यो ।
घरमा ईञ्जिनियरले सर्तक भएर बस्न भनेका छन् । अझै घरमा पस्न डर लागिरहन्छ ।
म सामाजिक कार्यकर्ता र सहकारीकर्मी पनि हुँ । हामी खासगरी गैरसरकारी संस्थामार्फत कार्यक्रम गर्दा खेरी अधिकांश सहकारीका सदस्य समेटेर जाने गरेका छौं ।
म संगठित महिला फोहोरमैला व्यवस्थापन सहकारी संस्थाकी कोषाध्यक्ष हुँ । संस्था सञ्चालनमा आएको तीन वर्ष हुदैँछ । हामी सहकारीमार्फत सरसफाई गर्नुका साथै सरसफाईसम्बन्धी तालिम दिन्छौं । सहकारीमा पाँच सय महिनाको बचत गर्दै आएका छौं ।
संस्थाले आफ्ना सदस्यलाई ५० हजार देखि दुर्ई लाखसम्म ऋण दिने गरेको छ । अहिले ६० जना महिला छौं । सय जना पु¥याउने लक्ष्य छ।
म पिडब्धु ईडिब्लु पपुलेसन ओमेन इन्भाईन्ट डिप्लपमेन्ट अर्गनाईजेन संस्थामा पनि आबद्व भई काम गरिरहेको छु । उसकै प्रेरणामा हामीले गाउँका दिदीबहिनीलाई संगठित गरी सहकारी जन्माएका हौं ।
कुनै पनि कार्यक्रम गर्दा महिला दिदीबहिनीलाई सक्षम बनाउने र फोहोर व्यवस्थापन गर्ने नै हो । हाम्रो क्षेत्र ताहाचल हो । ठाउँठाउँमा गएर हप्तामा एकदिन सरसफाई गर्छौै । सरसफाई गर्दा संस्थाअन्र्तगत तीन चार जना र स्थानीय दिदिबहिनी समेटेर फोहोरमैला व्यवस्थापन गर्छौै ।
त्यस्तै फोहोरमैला व्यवस्थापन टे«निङ चलाउँछौं । फोहोरबाट मोहर बनाउने हाम्रो अभियान नै हो । हामीले सरसफाई क्याम्पिङ पनि गर्ने गर्छाै । आफ्नो टोल आफै सफा गरौं । फोहोरलाई रिसाइकिल गरेर धेरै दिदिबहिनीले आम्दानी गर्न सफल हुनुभएको छ । घरमा करेसाबारी । कम्पोष्ट बनाउने तयारीमा जुटेका छौं ।

म आबद्व गैर सरकारी संस्था पनि व्यवस्थापन गर्ने र सिकाउने संस्था हो । यो नेदरल्याण्डको प्रोजेक्ट आएको हो यसले पनि टे«निङ टु टे«नर कार्यक्रम गर्छ ।
अहिले काठमाडौं उपत्यकामा फोहोर बढेको छ । फोहोर व्यवस्थापन गर्नका लागि नै फोहोरमैला सहकारी संस्था स्थापना गरेका हौं । फोहोर बढेको छ घटाउन सकिन्छ । फोहोर फैलिनाबित्तिकै रोग लाग्न सक्छ । त्यसकारण पनि फोहोर घरबाटै व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो अभिप्राय हो ।
म नेशनल कोअपरेटर्स एलाईन्स क्षेत्र नम्बार– ८ नम्बरको सहसंयोजक पनि हुँ । आगामी दिनमा सहकारीका विभिन्न निकायमा आबद्व भएर काम गर्न मन छ । जिल्ला संघमा जाने सोच छ ।
काम गर्नका लागि पद नै चाहिन्छ भन्ने त हुदैँन । सानै ठाउँमा रहेर पनि थुर्पै काम गर्न सकिन्छ । समयको माग हो । मेरो आवश्यकता भए जिल्ला संघ केन्द्रिय संघ नेशनल कोअपरेटर्स एलाईन्समा मेरो सहभागिता हुनेछ । चाहिन्छ ।
म सहकारी र गैरसरकारी संस्थामा काम गरेको हुनाले मलाई सहकारी नै मन पर्छ । सहकारीबाट थोरै रकम जम्मा गरेपनि आत्मनिर्भर हुन सकिन्छ । तर गैर सरकारी संस्थामा काम गर्दा दातृ निकायको मुख ताक्नुपर्छ । त्यहा लगानी गर्नुपर्दैन । त्यसै अघि बढाउन सकिन्न । हामीले स्रोत पर्सन मात्र लगानी गर्छ तर सहकारीमा आफै लगानी गर्छाै्र । कसैको मुख ताक्नु पर्दैन् । ऋण आपूर्ति गर्न सकिन्छ । सहकारीले नै आर्थिक रुपान्तरण गर्न सक्छ ।
गैर सरकारी संस्थाले महिलालाई सक्षम बनाउन सहकारी दर्ताका लागि प्रती व्यक्ती २५ हजार सिड मनी दिएको थियो । गैर सरकारी भन्दा सहकारी स्थापना भएपछि अधिकांश महिलाको जीवनमा परिवर्तन आएको छ । म यसैमा खुसी छु ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने