कुनै पनि परियोजनाहरु नरोक्न पूर्व अर्थमन्त्रीहरुको आग्रह


काठमाडौं जेष्ठ १८ । पूर्व अर्थमन्त्रीहरुले भूकम्पका कारण अर्थतन्त्रका ठुला र साना कुनै पनि योजनाहरु नरोक्न आग्रह गरेका छन् । साथै उनीहरुले यो अबस्थामा सबै निकाय र क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न राज्यसमक्ष आग्रह गरेका छन् । मिडिया इन्टरनेसनलले सोमबार काठमाडौंमा आयोजना गरेको ‘भूकम्प पछि अर्थतन्त्रका नयाँ रणनीतिहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्व अर्थमन्त्रीहरुले आर्थिक गतिविधि र आगामी वजेटमा संकिर्णता त्याग्न सरकारलाई सुझाव दिए । कार्यक्रममा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले सरकारले नेपालभित्रकै पुँजी परिचालन गर्न नसकेको उल्लेख गर्दै त्यसतर्फ ध्यान दिन आग्रह गरे । उनले दाता सम्मेलन भन्दा पनि सरकारले दिर्घकालीन, मजवुत र आर्थिक चलायमानपूर्ण योजनाहरु अघि सार्नुपर्ने आवश्यकता औल्याए । जुन जुन देश र निकायले आर्थिक सहायता गर्ने भनेका छन् उनीहरुलाई राष्ट्रिय योजना तर्जुमा गरेर सरकारले सोही अनुसार साथमा लिनुपर्नेमा उनको जोड थियो । अधिकारीले भूकम्प गयो भनेर विभिन्न राष्ट्रिय लगानीका पूर्वाधारहरुलाई रोक्न नहुने बताउँदै ठुला र साना सबै आयोजनाहरुलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा अर्का पूर्व अर्थमन्त्री संकरप्रसाद कोइरालाले विपतका बेला बजेटमा सिमा तोकेर अघि बढ्न नहुने बताए । ‘यस्तो असामान्य अबस्थामा बजेटमा संकिर्ण ढंगले सिमा तोक्ने फर्मुला ल्याउन हुँदैन’ उनले भने – ‘भूकम्पका कारण राष्ट्रिय र अन्तराष्ट्रिय लगानीकर्ताहरुलाई असर पर्ने किसमिका योजना पनि ल्याउनु हुँदैन’ । कोइरालाले सडक संजाल, पर्यटन, कृषि, शिक्षा र विद्युतमा दोव्वर बजेट आबश्यक रहेको बताउँदै साधारण अबस्थामा जस्तो सामान्य बजेट आउन नहुँने र जति सकिन्छ धेरै र खुल्ला आकारको बजेट ल्याउनु उपयूक्त हुने उल्लेख गरे । भूकम्पले शिक्षा र पर्यटनमा ठुलो असर गरेको उल्लेख गर्दै उनले त्यसतर्फ बढी ध्यानन दिनुपर्नेमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै पूर्र्व अर्थ राज्यमन्त्री हरी खेवा लिम्बुले कम्जोर अबस्थामा रहेको देशको आर्थिक अवस्थालाई उठाउन कृषिमा बढी फोकस हुनुपर्ने बताए । उनले भूकम्पबाट धेरै कृषकहरु पीडीत भएको बताउँदै कृषकलाई आबश्यक पर्ने विउ, प्रविधि, उन्नत जातको पशु पालनतर्फ राज्यले सहुलियत प्रवाह गर्नुपर्ने भन्दै अन्यथा भूकम्पपीडीतहरु मागेर खाने अबस्थामा आउन सक्ने तर्फ सचेत गराए । उनले सरकारले जनताको विश्वास लिन नसकेको बताउँदै जनताको विश्वास जित्न नसके अर्थतन्त्र कम्जोर हुने बताए । कार्यक्रममा पूर्व गभर्नर डा.तिलक रावलले भूकम्पपछि सबै कुरा सिद्धियो भन्नु भन्दा पनि यसबाट पाठ सिकेर आर्थिक सवलिकरणतर्फ मुलुक अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले भूकम्पबाट भएको क्षतिका बाबजुत देशका आर्थिक योजनाहरुलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिए । सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले यतिबेलाका योजना र नीतिहरु सबैभन्दा मजबुत हुनुपर्ने उल्लेख गरे । कार्यक्रममा नेपाल आर्थिक पत्रकार संघका नव निर्वाचित अध्यक्ष प्रकाशचन्द्र सापकोटा तथा मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषले भूकम्प पछिको अवस्थामा आर्थिक मुद्धाहरु बढी केन्द्रीत रहन राजनीतिक दल र सरोकारवालालाई । सोही कार्यक्रममा मिडिया इनटरनेसनलले नेपाल आर्थिक पत्रकार संघका नव निर्वाचित केन्द्रीय कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर
लगानी सम्मेलनले समृद्धिको ढोका खुल्छ : अध्यक्ष भवानी राणा
नेपाली कृषि उपजलाई सिधा बजार पहुँच दिन कतारसँग महासंघको माग
बिक्री नभएको तरकारी सडकमै फाले किसानले