स्थानियको सक्रियतामा ५४ किलोवाट बिजुली उत्पादन


गाँउ झिलीमिली सदरमुकाम टिलीमिली

धनवीर दाहाल रुकुम जेठ १९
रुकुम उज्यालो कार्यक्रम अन्र्तगत रुकुम जिल्लालाई उज्यालो बनाउने भनि घोषणा गरिएका बिभिन्न योजनाहरु स्थानियबासीको सक्रियतामा सम्पन्न हुन थालेका छन् । स्थानियले सक्रियता देखाएपछि सरोकारवालाले पनि उत्तिकै चासोका साथ काम गरिरहेका छन् । स्थानियबासीको बिशेष सक्रियता भएपछि ५४ किलोवाटको बिद्युत उत्पादन भएको छ । द्धन्द्धको निकै मारमा परेको जिल्लाको खारा गाविसमा ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । गाविसका विभिन्न वडामा ४ वटा लघु जलविद्युत आयोजनाबाट ५४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । गाविसमा निर्माण सम्पन्न भएका ४ वटा लघु जलविद्युत आयोजनाबाट गाँउ झिलीमिली भएको छ । करिव २ करोडको लगानीमा ४ वटा लघु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएको वताइएको छ । पिपलनेटा लघु जलविद्युत आयोजना १७ किलोवाट, धारवाङ्ग चंखेरी लघु जलविद्युत आयोजना २० किलोवाट, पुतलीवास लघु जलविद्युत आयोजना १२ किलोवाट र छरीखोला पेल्ट्री सेट ५ किलोवाट क्षमताको विद्युत उत्पादन भएको छ । ६ लाख ६० हजारको श्रमदानसंगै १४ लाख ७२ हजार ३ सय ५३ रुपियाको लागतमा निर्माण भएको पिपलनेटा लघु जलविद्युत आयोजनाबाट २ सय २० घरधुरी लाभान्वित भएको छन् । त्यस्तै ४९ लाख ५८ हजार ८ सय १ रुपिया र अनुदान गरी ८१ लाख ३६ हजार ९ सय २७ रुपियाको लागतमा निर्माण भएको धारवाङ्ग चंखेरी लघु जलविद्युत आयोजनाबाट १ सय ९८ घरधुरी लाभान्वित भएका छन् । श्रमदान ३४ लाख ३९ हजार ८ सयको श्रमदान र अनुदान रकम गरी ८७ लाख ९६ हजार ५ सय ९३ रुपियाको लागतमा निर्माण भएको पुतलीवास लघु जलविद्युत आयोजनाबाट १ सय २५ र ४ लाखको श्रमदान र अन्य अनुदान रकम गरी १८ लाख ५७ हजार ५ सय २० रुपियाको लागतमा निर्माण भएको छरी खोला पेल्ट्री सेटबाट ३० घरपरिवार लाभान्वित भएका छन् ।
तर जिल्ला सदरमुकाम खलंगामा भने झन झन अँध्यारो हुँदै गएको छ । बाँफिकोटको स्यार्पु दह साना जलबिद्युत योजना पटक पटक बिग्रने र त्यसको शक्ति पनि कम हुँदै गएपछि सदरमुकाममा बिद्युत अनियमित हुँदै आएको छ । ग्राहक संख्या बढ्दै जानु र पावर घट्दै जानुले समस्या भएको हो । सो बिद्युत योजनालाई जाइकाले मर्मत गरिरहेकोले केही महिना पछि समस्या टर्ने बिश्वास स्थानियले गरेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पथप्रर्दशक नारी आवाजहरु
महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी