सहकारीबाट ऋण लिएर चम्काउँदै व्यवसाय


कञ्चनपुर, जेष्ठ २० । सहकारीमा लागेपछि यहाँका स्थानीयहरुको जीवनस्तरमा सुधार आएको छ । सहकारीबाट ऋण लिएर व्यवसायमा हात हालेपछि उनीहरुको आर्थिक स्तर वृद्वि भएको हो ।
गाउँमा महिलाले स्थापना गरेको शुक्लाफाँटा बचत तथा ऋण सहकारीमा आवद्ध भएपछि दुर्गा नेपालीले व्यवसाय शुरु गरिन् । उनी मात्र होइन यतिदेर दोधारा चादँनी नगरपालिकाका १ सय २२ दलित परिवार विभिन्न समूहमार्फत सहरकारीमा आवद्ध भइ आत्मनिर्भर भएका छन् । सहकारीबाट ऋण पाएपछि उनीहरुको जीवनमा परिवर्तन आएको हो ।

सुरुमा भैँसीपालन र खुद्रा पसल चलाउँदै आएका यहाँका अधिकांश महिलाले अहिले व्यवसायको दायरा फराकिलो पार्दै लगिरहेका छन् । “दूध बिक्री गरेर किस्ता तिरे, भैँसी बेच्दा रु ७० हजार नाफा भयो” नेपालीले भन्नुभयो ।

सम्पत्तिका नाममा एक कट्ठा जग्गा मात्रै भएको बताउनुहुने माया नेपालीले अहिले सहकारीकै सहयोगमा एक बिघा तीन कट्ठा खेत भाडामा लिइ तरकारी खेती गरिरहेको बताउनुभयो । “आर्थिक अवस्था सबल हुँदै गएको छ” उहाँले भन्नुभयो ।

शुक्लाफाँटा बचत तथा ऋण सहकारी समूहमा १७४ जना सेयर सदस्य रहेका छन् । एक सय ४५ जना महिला आवद्ध छन् । जसमध्ये १२२ जना दलित महिला मात्र रहेका छन् । सहकारीले मासिक रु चार लाख ६७ हजार बचत गरिरहेको उक्त समूहका अध्यक्ष मानबहादुर ओलीले बताउनुभयो ।

सहकारीलाई नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ ९एनएनएसडब्लुए० मार्फत रु २६ लाख ७३ हजार ५५० अनुदान प्राप्त भएको छ । सुरुमा बिना ब्याज रकम उपलब्ध गराएको उक्त सहकारीले अहिले आएर १२ प्रतिशत व्याज लिइरहेको छ । सहकारीले अहिले रु ५० हजारसम्म ऋण दिन थालेको छ ।

सहकारीमा आवद्ध विभिन्न नौ वटा समूहका ५५ जना महिलाले भैँसीपालन थालेका छन् । सहकारीको बचत र लगानीले विशेष गरेर दलित समुदायलाई फाइदा पुगेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ, गरिबी निवारण कार्यक्रमका संयोजक टेक बुढाले बताउनुभयो । “दलित समुदायको पाँच वटा समूहलाई डेरी प्रशोधन केन्द्र सञ्चालन गर्न सहयोग गरेका छौँ” उहाँले भन्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न