संकट पछिको पुनः निमार्णमा विज्ञहरुको संलग्नता आवश्यक


काठमाडौं, जेष्ठ २१ । नेपाल उद्योग परिसंघका अध्यक्ष नरेन्द्र कुमार बस्न्यातले भनेका छन् संकट पछि  पुनः निमार्ण गर्ने अवसरको साथै चुनौति पूर्ण प्रकृया भएकोले यस कार्यमा विज्ञहरु एवं वहु पक्षिय संलग्नता र अनुभव आवश्यक पर्ने हुँदा नेपालमा भूकम्पबाट भएको क्षति पछिको पुनः निमार्णको कार्यमा परिसंघले विभिन्न पक्षसंग सल्लाह र समन्वय गरि सरकारमा सुझाव पेश गरेको छ ।

उक्त कुरा उनले नेपाल उद्योग परिसंघ र मियामोटो विश्व संकट उद्धार  जेष्ठ २० गते आयोजना गरेको “नेपाल पुनः निमार्णः विश्व अनुभव” ९च्भअयलकतचगअतष्लन  विषयमा आयोजित सेमिनारको उद्घाटनका अवसरमा व्यक्त गरेका हुन ।
उक्त अवसरमा उनले भने आर्थिक औद्योगिक व्यापारिक क्षेत्रलाई चलायमान बनाउनुनै आजको पहिलो आवश्यकता भएकोले परिसंघले पुनः निमार्णको साथै नीतिगत तहमा गरिनु पर्ने खास खास सुधारका विषयमा सरकारमा ठोस सुझाव पेश गरेकोले यस विषयमा सरकारबाट आवश्यक ध्यान दिईनु पर्ने विषयमा जोड दिएका थिए ।
उक्त अवसरमा भूकम्प विज्ञको रुपमा आफ्नो लामो अनुभव संगै नेपालमा गएको भूकम्पबाट भएको विभिन्न स्तरका भवनहरुमा भएको क्षतिको कारण र अवको पुनः निमार्णमा अपनाउनु पर्ने मापदण्डका विषयमा आफ्नो विचार व्यक्त गर्दै मियामोटो फाउन्डेशनका प्रमुख एवं भूकम्प विज्ञ डा. एच.किट मियामोटो ९म्च। ज्. प्ष्त ःष्थबmयतय० ले भने नेपालको हालको पुनः निमार्णको अवस्था संकटपूर्ण भएकोले यस अवस्थामा हतारमा कुनै पनि निमार्ण कार्य गरिनु वुद्धिमानी हुदैन ।
उनले आफ्नो प्रस्तुतिमा हाईटी ९ज्बष्तष्० र न्यूजिल्याण्ड  गएको भूकम्प पछिको पुनः निमार्णमा आफ्नो अनुभव वताउदै यस कार्यमा नि सवै पक्षको उचित सर सल्लाह र रणनीतिको माध्यमबाट ऐले त्यहाँ विकास भएको स्पष्ट पारे ।
उक्त छलफल कार्यक्रममा परिसंघका विरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुका साथै वरिष्ठ उद्योगी व्यवसायी, निमार्ण व्यवसायीहरु, इन्जीनियरहरु समेतको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने