सहकारी शिक्षा पढाईदैँ


बुटवल, जेष्ठ २१ । मंगलमय बचत तथा ऋण सहकारी संस्था लि बुटवलको आयोजनामा ५ दिने सहकारी शिक्षा तथा उदघोषण तालिम आयोजना भएको छ ।
कायैक्रममा बोल्दै एसएसपि योगेश्वर रोमखामिले भुकम्प र यसको मनोबैज्ञानिक प्रभावको बारेमा प्रशिक्षण दिनु भएको थियो । संस्थाका अध्यक्ष होम बहादुर गलामिको अध्यक्षतामा भएको कार्यक्रममा गलामिले सहकारी शिक्षा र उदघोषण तालिम सदस्यहरुलाइ अत्य आवश्यक देखिएकोले तालिम संचालन गरेको बताउनु भएको थियो ।
तालिम डिभिजन सहकारी कार्यालय रुपन्देहीका सहकारी निरिक्षक चन्द्रकान्त भट्टराई र मिलन गाहा को सहजिकरणमा सम्पन्न भएको थियो । समापन कार्यक्रममा संस्थाका सचिव बुधमाया पुन, खडक प्रसाद पुन , उमा गुरुङ, मिलन कुमार पुन तथा प्रशिक्षार्थि तुलसा कब्दार र हेमा रासकोटीले मन्त्वय राखनु भएको थियो । कार्यक्रकम संस्थाका उपाध्यक्ष मान बहादुर रानाको स्वागत तथा शिक्षा समिति संयोजक निर्म प्रकाश को संचालनमा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित