सहकारीको सक्रियतामा स्वास्थ्य शिबिर


धादिङ, जेष्ठ २१ । दियालो साना किसान कृषि सहकारी संस्था महादेवस्थानको आयोजनामा धादिङको महादेवस्थान गाविस –४ ताल्तीमा एक दिने स्वास्थ्य शिविर सम्पन्न भएकोब छ ।
स्वास्थ्य शिविरमा ६ सय २ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । भूकम्पका कारण समस्या सिर्जिएपछि भूकम्पपीडितको स्वास्थ्य परिक्षण गरिएको थियो ।
पाटन अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल र टिचिङ अस्पतालका नौ जना डाक्टर, २ जना नर्सले स्त्री तथा बाल रोगका स्वास्थ्य जाँच गर्नुभएृको थियो ।
शिविरमा महिला, बालबालिका तथा युवाहरुको बढी मात्रामा सहभागीता रहेको थियो । स्वास्थ्य परीक्षण गर्न आउने प्रत्येकलाई प्रति व्यक्ति ५ किलो चामल, १ पोका नुन, १ वटा साबुन र महिलाहरुलाई सेनेटरी व्याड समेत वितरण गरिएको थियो ।
शिविरमा ६ वर्षदेखि मुनिका एक सय ५० जना कुपोषित बालबालिकालाई लिटो र कपडा समेत वितरण गरिएको संस्थाले जनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक