पुर्ननिर्माणमा जनशक्ति परिचालन गर्न नीजि क्षेत्रको आग्रह


काठमाडौं जेष्ठ २१ ÷ अर्थतन्त्रलाई मजबुत बनाउनका लागि नीजि क्षेत्रले सहुलियत ऋणको माग गर्नुका साथै नेपाली उद्योग र नेपाली जनशक्ति परिचालन गर्न माग गरेको छ । सस्तो व्याजमा उद्योग व्यवसायीलाई ऋण प्रवाह नगरे नीजि क्षेत्रले कर, राजश्व तिर्न नसक्ने अबस्थामा रहेको उनीहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, राष्ट्रिय व्यापार संघ, खुद्रा व्यापार संघ, ट्रेकिङ एजेन्स एसोसीयसन अफ नेपाल (टान), फुटवेयर एसोसीयसन संघ लगायतका संघ संस्थाहरुले आर्थिक क्षेत्रमा भूकम्पले दिर्घकालीन असर पारेको बताए । मिडिया इन्टरनेसनलले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समितिका सभापति उमेशलाल श्रेष्ठले पुनिर्माणको कार्यमा नेपाली उद्योग, नेपाली सामान र नेपाली कामदारको परिचालन गर्नुपर्ने बताए । उनले पुननिर्माणमा विदेशी संस्था र विदेशी व्यक्तिलाई ठेक्का दिन नहुने बताए । विदेशी कम्पनिलाई पुननिर्माणमा प्रयोग गरिए नेपाली उद्योग र नेपाली जनशक्ति परिचालन हुन नसक्ने भन्दै यस कुरालाई राज्यले ध्यान दिनुपर्ने उनको भनाई छ । नेपाली उद्योगहरु समस्यामा परेका कारण ती उद्योगमा राज्यले सस्तो ऋण प्रवाह गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्लले सस्तो व्याजमा ऋण दिने र हालको बैंक व्याजलाई केही पर धकेल्नका लागि सरकारले सहयोग गर्नुपर्ने मुख्य आवश्यकता रहेको बताए । नीजि क्षेत्रमा रहेको पुँजी परिचालनका लागि सरकारले सहज किसिमका नीतिहरु अवलम्बन गर्नुपर्ने र व्याजको दर घटाउनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्ष नयनबहादुर पण्डीत क्षेत्रीले चिनसँगको व्यापार बन्द रहेको उल्लेख गर्दै चिनका सामान ल्याउने कार्यमा र सडक मर्मतको कार्यमा राज्यले ध्यान दिनुपर्ने आबश्यकता औल्याए । उनले बजारमा सामान सकिएको उल्लेख गर्दै सामान ल्याउनका लागि सरकारी पहल आबश्यक रहेको पनि बताए । साथै उनले नयूरोड क्षेत्रमा रहेको ब्यापारीक केन्द्रलाई विकेन्द्रीकरण गरिनु पर्ने आवश्यकता रहेको औल्याए । कार्यक्रममा ट्रेकिङ एजेन्स एसोसीयसन अफ नेपाल टान का महासचिव सागर पाण्डेले पर्यटन क्षेत्र सबैभन्दा महत्वपूण उद्योगका रुपमा स्थापीत भइसकेका कारण यसको मजबुतिका लागि सरकार गम्भिर हुनुपर्ने बताए । करिव २० प्रतिशत पर्यटन धरोहरहरु ध्यस्त भएको बताउँदै उनले अहिलेको अबस्थामा पर्यटन क्षेत्रलाई उठाउनका लागि विभिन्न क्षेत्रसँग समन्वयन आबश्यक रहेको बताए । कार्यक्रममा खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्य, फूटवेयर एसोशियसनका अध्यक्ष रविनकुमार श्रेष्ठ लगायतले नीजि क्षेत्रबाट लिने कर र राजश्वबाटै देशको अर्थतन्त्र चलायमान भएका कारण नीजि क्षेत्रलाई उद्योग व्यापार संचालन गर्न राज्यको सहयोग आवश्यक रहेको बताएका थिए ।
सोही कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रमणी अधिकारीले भूकम्पपछिको पुननिर्माणमा दिर्घकालीन योजना आवश्यक रहेको बताए । उनले पुननिर्माण कार्यमा दिर्घकालीन सोंच र दिर्घकालीन योजना जरुरी भएको बताए । उनले भूकम्पबाट भएको क्षतिको विवरण पूर्ण रुपमा नआएका कारण त्यस्ता योजनाहरु तर्जुमा हुन नसकेको पनि बताए । अहिले भत्कएिका संरचनाबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउँदै उनले पुन निर्माणमा नेपाली जनशक्तिको परिचालनमा ध्यान दिन जरुरी रहेको उल्लेख गरे । विदेशएिका यूवालाई पनि नेपालमै राख्ने वातावरण बनाउनका लागि भूकम्पको पीडालाई मौकामा बदल्नु पर्ने उनको धारणा छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक