नी उद्योगबाट सुख्खा याममा ९० मेगावाट विद्युत उत्पादन हुन्छ– उद्योगमन्त्री


उद्योगमन्त्री महेश बस्नेतले हालसम्म सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगहरुले सुख्खा याममा ९० मेगावाट विद्युत उत्पादन गर्ने बताउनुभएको छ ।

उद्योगमन्त्रीको पहलमा चिनी उद्योगहरुबाट उखु पेलिसकेपछि निक्कने खोस्टाबाट विद्युत उत्पादन गरी व्यवसायिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध गराउने सम्भावनाको अध्ययन भएको थियो ।

मन्त्रीपरिषद आर्थिक तथा पूर्वाधार समितिको बैठकमा उद्योगमन्त्रालयको पहल तथा उर्जामन्त्रालयको प्रस्तावमा ‘चिनी उद्योगबाट विद्युत सहउत्पादनको प्रबद्र्धन गर्ने’ प्रस्ताव आज (बुधबार) पेश भई स्वीकृत भएको छ ।

‘हाल सञ्चालनमा रहेका ११ भन्दा बढी चिनी उद्योगहरुले बार्षिक झण्डै ३० लाख टन उखु पेल्छन, जसको खोस्टाबाट अत्यधिक लोडसेडिङ हुने पौष,माघ र फाल्गुण महिनामा चिनी उत्पादन सँगसँगै विद्युत पनि उत्पादन गरी उद्योगको आफ्नो खपतबाट उब्रेको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गर्न सकिन्छ’–मन्त्री बस्नेतले भन्नुभयो । उहाँले देशमा जलविद्युतको उत्पादन न्यून हुने सुख्खा याममा अतिरिक्त विद्युत उत्पादन गर्न सकिने र सोबाट दुई घण्टा लोडसेडिङ्ग न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

साथै उद्योगमन्त्री बस्नेतले चिनी उद्योगमा हाल खेर गइरहेको उखुको खोस्टाको राम्रो सदुपयोग र व्यवस्थापन गरी छिमेकी देश भारत लगायत अन्य देशमा समेत चिनी उद्योगमा विद्युतको सहउत्पादनको सफल प्रयोग भइसकेकाले नेपालमा पनि यस्तो सहउत्पादनलाइ प्रवद्र्धन गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । साथै उहाँले  हिँउदको सुख्खा मौसममा बार्षिक करिब १ अर्ब १८ करोड युनिट विद्युत उर्जा जलविद्युत गृहबाट उत्पादन भइरहेको स्थितिमा थप लगानी सहितको चिनी उद्योगको सहउत्पादनले उक्त उत्पादनको झण्डै १८% योगदान गर्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । ।

‘सञ्चालनमा रहेका चिनी उद्योगहरुका साविककै संरचनाबाट पनि झण्डै १०–१२ मेगावाट विद्युत तत्काल राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति हुन सक्छ,जसबाट बर्षको करिब २ करोड युनिट विद्युत उर्जा उपलब्ध हुन सक्छ, जुन नेपाल विद्युत प्राधिरणले आफ्ना डिजेल प्लान्टहरुबाट उत्पादन गदैँ आएको सम्पूण विद्युत उर्जाको झण्डै दोब्बर हुन आउछ । यति मात्र विद्याुत राष्ट्रिय प्रणालीमा ल्याउन खासै ठूलो लगानीको जरुरत पर्दैन र करिब छ महिनाको समयमा काम सम्पन्न गर्न सकिन्छ । यस बाहेक, केही थप लगानी र मेशिन, उपकरणमा समान्य संरचनागत सुधार गरेर डेढ/दुई बर्षभित्र करिब ३०–४० मेगावाट विद्युत (वार्षिक झण्डै १२ करोड युनिट) राष्ट्रिय प्रणालीमा आपूर्ति हुन सक्छ । अझ थप केही पूर्वाधार सुधार र उल्लेख्य लगानी गर्ने हो भने दुई देखि चार बर्ष भित्र ६३–८७ मेगावाट –बार्षिक २६ करोड युनिट) विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा उपलब्ध हुन सक्छ’ ‘चिनी उद्योगबाट विद्युत सहउत्पादनको प्रबद्र्धन गर्ने’ प्रस्तावमा उल्लेख छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित
सहकारी अभियानका शीर्ष व्यक्तित्वलाई सम्मान घोषणा
सहकारी अध्ययन अवलोकनमा सिवाईसी साकोस