हातेमालो सहकारी पत्रकारिता पुरस्कार बाराका पत्रकार पवन यादवलाई


विभिन्न क्षेत्रमा हातेमालो सहकारी वर्ष सम्मान घोषणा र आगामी वार्षिक साधारणसभामा वितरण गरिने

सिमरा, जेठ २१ । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्थाले यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार बाराका श्रमजीवी पत्रकार एवम् कान्तिपुर दैनिकका सम्वाददाता पवन यादवलाई प्रदान गर्ने निर्णय गरेको छ ।

लामो समयदेखि बाराको पत्रकारिता क्षेत्रमा सक्रिय र सहकारी तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएबापत पत्रकार यादवलाई दस हजार नगद रहेको पुरस्कार प्रदान गरिने भएको हातेमालोका अध्यक्ष कृष्ण पौडेलले जानकारी दिनुभयो । दुई महिना अघि संस्थाका बरिष्ठ सञ्चालक ईद्रिस मिया संयोजक, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्याय र पत्रकार दिवाकर भण्डारी सदस्य रहेको पुरस्कार चयन समितिले पत्रकार यादवको नाम संस्थालाई सिफारिस गरेको हो । समितिले गरेको सिफारिसका आधारमा संस्थाले बुधवार यादवलाई पुरस्कार दिने निर्णय गरेको पौडेलले बताउनुभयो । संस्थाले यसअघि स्व. पत्रकार विनोद प्याकुरेललाई मरणोपरान्त र पत्रकार दिवाकर भण्डारीलाई हातेमालो सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको थियो । आगामी आठौं वार्षिक साधारणसभामा पत्रकार यादवलाई पुरस्कार वितरण गरिने समेत पौडेलले जानकारी दिनुभएको छ ।

यसैगरी यस वर्षको हातेमालो वर्ष सम्मान सहकारी क्षेत्रमा सिमराका मुकुन्दबहादुर क्षेत्री, शिक्षा क्षेत्रमा डुमरवानाका ध्रुव पोखरेल र साहित्यतर्फ जीतपुरका साहित्यकार हृदयनारायण चौधरीलाई प्रदान गर्ने निर्णय भएको संस्थाका अध्यक्ष कृष्ण पौडेलले बताउनुभयो । त्यसैगरी संस्थाका जेष्ठ सदस्य सिमराकी ९९ वर्षीया खगिश्वरा उपाध्यायनी र ७४ वर्षीय मणिरत्न पाध्यालाई जेष्ठ सदस्य सम्मान, सिमराकै मंगले सार्कीलाई उत्कृष्ट व्यवसायी र संस्थाका कार्यालय सहायक मञ्जु शर्मालाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिने भएको छ । त्यसैगरी उत्कृष्ट कारोवारकर्ताको रुपमा जीतपुरका मकसुद आलम अन्सारी, सिमराका शत्रुघ्न हलुवाई, डुमरवानाका ज्ञानेन्द्रकुमारी पाण्डे र पथलैयाका पुष्पबहादुर लामा र बचततर्फ जीतपुरका अजय विश्वकर्मा, सिमराका यदुकुमार गौतम, डुमरवानाका लिला राजथला शिवभक्ति र पथलैयाका वुद्धिमाया लामालाई सम्मानको लागि चयन गरिएको छ ।

त्यस्तै कार्यक्षेत्रभित्रका क्याम्पसका उत्कृष्ट विद्यार्थी र अभिभावकहरुलाई पनि वर्ष सम्मान प्रदान गरिने भएको छ । यसरी सम्मानित हुनेहरुमा डुमरवाना बहुमुखी क्याम्पसका विद्यार्थी गंगा महतो र अभिभावक जीतेन्द् महतो, विद्यार्थी कृष्ण पौडेल र अभिभावक धर्मदत्त शर्मा, सिमरा कलेका विद्यार्थी अन्दिप धिताल र अभिभावक हरिप्रसाद धिताल, विद्यार्थी सिर्जना सुवेदी र अभिभावक राजेन्द्र सुवेदी र त्यसैगरी गौरीशंकर बहुमुखी क्याम्पस निजगढका विद्यार्थी गोविन्द तिमल्सेना र अभिभावक कृष्णप्रसाद तिमल्सेना र विद्यार्थी सिर्जना सुवेदी र अभिभावक राजेन्द्र सुवेदीलाई सम्मान गरिनेछ ।

यस वर्ष महाभूकम्पको कारण सिर्जित जनधनको क्षति, पिडा र त्रासदीका कारण वार्षिकोत्सव विशेष सप्ताहका सबै कार्यक्रमहरु स्थगित भएको कारण उक्त सम्मान तथा पुरस्कार आगामी भाद्रमा हुने आठौं वार्षिक साधारणसभामा वितरण गरिने सञ्चालक ईद्रिस मियांले जानकारी गराउनुभयो ।

यस वर्ष हातेमालो वार्षिकोत्सवका सबै कार्यक्रमहरु स्थगित गरेर महाभूकम्पका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निमाणका लागि दोलखा जाने तयारी संस्थाले गरिरहेको छ । वैठकमा संस्थाका उपाध्यक्षहरु विनोद कलवार र सीता गुरुङ, सचिव यज्ञ आले, कोषाध्यक्ष शिव वाग्ले र व्यवस्थापक महेश ढुंगेललगायतको सहभागिता रहेको थियो ।

२०६५ जेठ २० गते स्थापना भएको हातेमालोमा हाल १ हजार छ सय सदस्यहरुवीच साढे सो¥ह करोडको कारोवार गरिरहेको छ । संस्थाले मध्यतराईकै एक उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको पहिचान बनाएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न