बाराली सहकारी अभियानद्वारा महाभूकम्पका स्थानीय मृतक परिवारलाई राहत प्रदान


प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा एक लाख रुपैया हस्तान्तरण

बाबरा जेठ २१ ।बारा जिल्लाका सहकारी संघसंस्थाहरु र डुमरवानाका सामाजिक संघसंस्थाहरुले महाभूकम्पका स्थानीय मृतक परिवारहरुलाई राहतस्वरुप रु. १५,१००।०० र खाद्य तथा दैनिक उपभोगका सामाग्रीहरु राहत उपलव्ध गराएको छ । आज डिभिजन सहकारी कार्यालय बाराको सभाहलमा महाभूकम्प महाभूकम्पमा परी काठमाण्डौंमा निधन भएका बारा कचोर्वाका जयलाल राउत अहिरकी पत्नी सीतापति देवीलाई राहत हस्तान्तरण गरिएको हो । बाराली सहकारी राहत संकलन तथा वितरण संयोजन समितिका संयोजक कृष्ण पौडेलसहित सहकारीकर्मीहरुले उक्त राहत हस्तान्तरण गरेका हुन ।

त्यसैगरी आजै बाराली सहकारी राहत संकलन तथा वितरण संयोजन समितिले प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा एक लाख एक सय एघार रुपैया हस्तान्तरण गरेको छ । समितिका संयोजक एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालकसमेत रहेका पौडेलले प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीलाई हस्तान्तरण गरेको हो । राहत नगद बुझदै प्रमुख जिल्ला अधिकारी पन्थीले बाराली सहकारीहरुले प्रयासलाई सर्हाहना गर्दै यस्तो अभियानलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, समितिका सहसंयोजक एवम् साना किसान कृषि सहकारी संघका उपाध्यक्ष मिश्रीलाल सहनी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, सचिव सत्तेन्द्र ठाकुर, जनकल्याण बहुद्धेश्यीय सहकारीका उपाध्यक्ष गणेश साह, साना किसान कृषि सहकारी संस्था डुमरवानाका प्रवन्धक प्रदीप ढुंगेल, समाजसुधार कृषि सहकारी डुमरवानाका व्यवस्थापक रविन्द्र भण्डारी, सञ्चारकर्मी अच्युत पौडेल, दिगो कृषि सहकारी संस्था कचोर्वाका लेखा संयोजक रामएकवाल यादवलगायतको उपस्थिति रहेको थियो ।

बारा सहकारी अभियानले महाभूकम्पपिडितहरुलाई राहतका लागि जिल्लामा विभिन्न प्रकृतिका सहकारी संघसंस्थाहरु र डुमरवानास्थित जनसेवा क्लव, हलखोरिया साझेदारी वन व्यवस्थापन समितिलगायतले नगद तथा खाद्य सामाग्री गरी दश लाख रुपैया बराबरको संकलन गरेका छन । यसअघि छिमेकी जिल्लाको विकट गाविस फाखेलका अतिप्रभावित विपन्न १५० परिवारलाई राहत वितरण गरेको थियो । बारा जिल्लामै निधन भएका र जिल्लामा स्थायी बसोबास भएका तर अन्यत्र निधन भएका गरी करीव एक दर्जन परिवारलाई राहत उपलव्ध गराउने कार्यक्रम रहेको महाभूकम्पपिडित राहत संकलन तथा वितरण सहकारी संयोजन समितिका संयोजक कृष्ण पौडेलले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने