पहिरोपीडितलाई दिदिबहिनीको सहयोग


म्याग्दी, जेष्ठ २२ । म्याग्दी राखुँ २ बैसारीका पहिरोपीडितलाई दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले सहयोग गरेको छ । संस्थाले मुठीदानअन्र्तगत पहिरोपीडितलाई सहयोग गरेको हो ।
सहकारीले २१ सेट कराई, २१ सेट डारु, २१ सेट पन्यु, २२ केजी बन्द, ७ पाथी चामल ५ केजी चिनी, ५ केजी दाल सहयोग गरेको छ । त्यस्तै ५ केजी काक्रो, १२ केजी घिरौला, १३ मुठा साग, १० केजी घिरौला, ४ दर्जन केरा सहयोग गरेको थियो । त्यस्तै तितेकरेला ८ केजी, चियापत्ती वितरण गरेको थियो ।
साउदीमा रहेका म्याग्दीका राजेन्द्र बोगतीको नेतृत्वमा ५१ हजार १ सय ५९ रुपैयाँ संकलन भएको सहकारीले जनाएको छ । सो रकमबाट संस्थाले १८ पिस खाट बनाएर पीडितलाई हस्तान्तरण गर्ने सहकारीका अध्यक्ष जुमना आचार्यले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक