जापानले थप सहयोगको घोषणा गर्ने


सहायता सम्मेलनको तयारी अन्तिमचरणमा

आगामी असार १० गते काठमाडौंमा आयोजना हुने नेपाल सहायता सम्मेलनलाई सफल बनाउने तयारीको क्रममा शुक्रबार अर्थमन्त्री डा रामशरण महत र नेपालका लागि जापानका राजदूत मासासी ओगावाबीच अर्थमन्त्रालयमा छलफल भयो ।
सो अवसरमा अर्थमन्त्री डा महतले सहायता सम्मेलनको तयारी र नेपाललाई पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमबारे मोटामोटी जानकारी गराउनुभएको थियो । भूकम्पपछिको पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको मूल्यांकन प्रतिवेदन (पीडीएनए) अर्कोहप्ता सम्ममा तयार हुने जानकारी दिदै उहाँले शुभेच्छुक मित्रराष्ट्रका हैसियतले जापान सरकारबाट नेपालले ठूलो अपेक्षा राखेको स्पष्ट पार्नुभयो । जापानले नेपालको विकासमा पु¥याएको योगदानको चर्चा गर्दै अर्थमन्त्री डा महतले यो विपत्को अवस्थामा अझ ठूलो सहयोग आवश्यक भएकोमा जोड दिनुभयो ।
सो अवसरमा जापानी राजदूत ओगावाले आगामी असार १० गते हुने सम्मेलनकै क्रममा जापानले सहयोगको घोषणा गर्ने जानकारी दिनुभयो । उहाँले सकेसम्म बढी सहायता उपलब्ध गराउन पहल गरिने जानकारी पनि दिनुभयो ।
यसैबीच मिति नजिकिदै गर्दा सम्मेलनको तयारी तीब्रगतिमा अगाडि बढेको छ । हालसम्म करिब ६५ दातृमुलुक तथा निकायहरुमा निम्तो पठाइसकिएको छ । पराम्परागत दातामुलुक तथा निकायहरुका अतिरिक्त उद्दार तथा राहत कार्यमा संलग्न नयाँ दाताहरुसमक्ष समेत निम्तो पठाइसकिएको छ ।
सम्मेलनको तयारीको क्रममा सम्मेलनको संयोजक रहनुभएका अर्थमन्त्री डा महतले भारत, चीनका राजदूत लगायत सम्मेलनमा सहभागी हुन आउने अधिकांश मुलुकका राजदूतहरु समक्ष भेटघाट तथा छलफल गरिसक्नुभएको छ । यसबीच नेपालमा रहेका स्थानीय विकास साझेदार संस्थाहरुका प्रतिनिधिहरु तथा द्विपक्षीय दातामुलुकहरु समक्ष दुईपटक विशेष वैठकहरु भैसकेका छन भने उनीहरुसँग थुप्रै अनौपचारिक वैठकहरु समेत सम्पन्न भैसकेका छन । हरेक वैठकहरुमा अर्थमन्त्री तथा सम्मेलन संयोजक डा महतले बहुपक्षीय दातृ निकाय तथा दाता मुलुकहरुबाट उच्च नेतृत्वको सहभागिताका लागि आग्रह गर्नुभएको छ । नेपालमा गत वैशाख १२ गते गएको भूकम्पले पु¥याएको धनजनको क्षतिप्रति सहानभूतिशील बनेका दाताहरुले सोही अनुसारको सहभागिताको आश्वासन दिएका छन ।
नेपालको पुनर्निर्माणका लागि ५ देखि १० खर्ब रुपैयाँ सम्म पुँजीको आवश्यकता रहेको प्रारम्भिक अनुमान रहेको छ भने आगामी पाँच बर्षभित्रमा सरकारले विनाश भएका सम्पूर्ण संरचनाहरुको पुनर्निर्माण गर्ने लक्ष्य राखेको छ । पीडीएनए आइसकेपछि पुनर्निर्माणका लागि आवश्यक पर्ने वास्तविक रकमबारे स्पष्ट जानकारी हुनेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक