किसानलाई मिनिटिलर टेक्टर उपहार


म्याग्दी, जेष्ट २४। वर्षात नजिकिदै जादाँ म्याग्दीका किसानले मिलीटिलर टेक्टर उपहार पाएका छन् । मिनिलिटरबाट खेत जोत्न सजिलो हुने भएकाले जिल्ला कृषि विकास कार्यालयले म्याग्दीका किसानलाई वितरण गरेको हो ।

बृहत्तर मकै उत्पादन कार्यक्रमअन्तर्गत कृषि सहकारी र कृषक समूहलाई ५० प्रतिशत अनुदानमा सोमबार ६ वटा ‘मिनिटिलर टेक्टर वितरण गरिएको कार्यालयले जाएको छ ।

रानीपँधेरा कृषक समूह भकिम्ली–५, राखु सुन्तला कृषक समूह भकिम्ली–५, नमस्ते कृषि सहकारी बेनपा–८, चुत्रेनी तरकारी उत्पादन समूह, बास्कुना कृषि सहकारी र बगरफाँट बीउ उत्पादन कृषक समूहलाई एकरएकवटा मिनीटिलर हलो उपलब्ध गराएको हो ।

७२ हजार मूल्य पर्ने प्रतिमिनीटिलरका लागि कार्यालयले ३६ हजार अनुदान दिएको हो । खेती कार्यलाई यान्त्रीकरण गरी छिटोछरितो र लागत घटाउने उद्देश्यले मिनीटिलर सहयोग गरिएको कार्यालयका प्राविधिक सहायक रमेश खड्काले जानकारी दिनुभयो ।
गत वर्ष अनुदानमा २२ वटा मिनीटिलर हलो वितरण गरेको थियो । गोरु नपाउने, पाल्नलाई झन्झट र ढिलो हुने भएपछि मिनीटिलर हलो प्रयोग गर्न थालेको रानी पँधेरा कृषक समूह भकिम्लीका सदस्य राजु पुनले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न