ऋण पाएपछि व्यवसाय फस्टायो


 प्यूठान, जेष्ठ २४ । सहकारीमा संगठित भएर ऋण लिने क्रम शुरु भएपछि यहाँका स्थानीयको जीवनस्तरमा सुधार आएको छ । बाङ्गेसालमा अवस्थित सानाकिसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई ८ करोड ७० लाख ७५ हजार कर्जा लगानी गरेको छ ।
सानाकिसान सहकारीले कृषि, पशुपालन, घर निर्माण, बैदेशिक रोजगार, व्यवसायीक लगायत बिभिन्न शिर्षकहरुमा कर्जा लगानी गरेको सहकारीका प्रबन्धक निमराज आचार्यले बताउनुभयो ।
‘सदस्यहरुलाई पाँच लाख सम्म ऋण दिएको उहाँको भनाई छ । ‘बैदेशिक रोजगारमा धेरै कर्जा लगानी भएको छ ।’ आर्चायले भन्नुभयो । सानाकिसानबाट ऋण लिएकाहरुले गाँउमै पशुपालन, फुटकर व्यवसाय र कृषिमा लगानी गरेको सहकारीले जनाकारी दियो ।
सहकारीले आन्तरीक ३ करोड ९२ लाख ८ हजार र ४ करोड ७८ लाख ६९ हजार वाह्य लगानी मार्फत सानाकिसानहरुमा ऋण लगानी गरेको छ । सहकारीले नेपाल सरकारको सानाकिसान विकास बैङ्क मार्फत पशुपालन शिर्षकमा वार्षिक ९ प्रतिशतको व्याजदरमा ६६ लाख ९ हजार र व्यवसाय शिर्षकमा वार्षिक १५ देखि १६ प्रतिशत व्याजदरमा ४ करोड १२ लाख ६० हजार कर्जा लिएको सहायक प्रबन्धक दिलमाया जिसीले बताउनुभयो ।
सहकारीको शेयर पुँजी १ करोड १८ लाख ९५ हजार, निक्षेप तर्फ २ करोड ४४ लाख १ हजार, जगेडा कोषमा ८० लाख २३ हजार, जोखिम कोषमा २७ लाख ७ हजार रहेको उहाँको भनाई छ ।
६ सय ५४ सदस्य संख्या रहेको सहकारीमा ५३ महिला समुह र ४३ पुरुष समुह गरि ९६ समुह संख्या रहेको छ । सहकारीले ऋण लगानी गर्दा किसानहरुले १० प्रतिशत शेयर खरिद गर्नुपर्ने, ग्रा।शु कोष ८ प्रतिशत, पशुपालन विमा ५ प्रतिशत र सदस्यता शुरक्षणम योजना ५ हजार लाग्ने नीति बनाएको छ ।
सहकारीले ऋण लगानी गर्दा धितो मुल्याकंन, समुहको निर्णय, अन्तर समुहको निर्णय र संचालक समितिको निर्णयको आधारमा ऋण लगानी गर्ने गरेको छ ।
सरकारको नीति फेरीएसंगै २०४८ को विनियमको नीति अनुसार जनतालाई प्रत्यक्ष हस्तान्त्रण गर्ने गरि सानाकिसान कृषि सहकारी संस्था नामाकरण गरि २०५५ मा हस्तान्त्रण गरेको थियो ।
२०५८ सालको द्धोन्दकालमा बिस्तापीत भई दाङ्गको लमही शाखामा गई सेवा दिएको सहकारीले २०६३ को विस्तृत शान्ति सम्झौता पछि भने गाँउमै रहेर प्रत्यक्ष बाङ्गेसालवासीलाई सेवा दिईरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

पथप्रर्दशक नारी आवाजहरु
महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा
‘नेतृत्वमा ३३.५ प्रतिशत महिला पहुँच सुनिश्चित गरिएको छ’
शोषण र विभेदरहित समाज निर्माणमा सहकारी सारथी