भुकम्प पीडितलाई सहकारी मार्फत सहुलियत ऋणको माग।


काठमान्डौ, २५ जेष्ठ । डिभिजन सहकारी कार्यालय काठमाडौंको आयोजना तथा उपासना बचत तथा ऋण सहकारी संस्थाको सह-आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । भुकम्प पछि सहकारी संस्थाहरुको अवस्था र संस्था संचालन विषयक अन्र्तक्रिया कार्यक्रममा डिभिजन सहकारी कार्यालयका वरिष्ठ अधिकृत नारायण प्र. अर्यालले भुकम्पबाट क्षतविक्षत भएर भर्खरै वौरन लागेका सहकारीहरुको वास्तविक स्थिती पत्ता लगाई आवश्यक पहलकदमी चाल्न सहयोग पुगोस भन्ने हेतुले भुकम्पबाट अति प्रभावित मानिएको काठमाडौं क्षेत्र नं ९ मा अन्र्तक्रिया कार्यक्रम राखेको बताउनुभयो ।

कार्यक्रममा त्यस भेगका सहकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सम्पूर्ण सहकारीहरु भुकम्पबाट प्रभावित भएतापनि बैशाख १२ को महाभुकम्पको दुई वा तिन दिनपछि भवन हुनेले आफ्नै भवनबाट र भवन नहुनेले पाल टाँगेर भएपनि सेवा प्रदान गरेको कार्यक्रममा उपस्थित सहकारी संचालकहरुको भनाई थियो । भुकम्प पछि धेरै सहकारीको भवन भत्किएर पालबाट सेवा सुरु गरेतापनि कारोबारमा भने खासै असर नपरेको उहाँहरुले दावी गर्नुभयो । कतिपय सहकारीले भुकम्प पश्चात वढि मात्रामा बचत फिर्ता भएको बताईरहँदा कतिपयले भने भुकम्प पश्चात निक्षेप झन पहिलेभन्दा बढेको अनुभव सुनाउनुभयो । यसो हुनुमा भुकम्पका कारण अधिकांश मानिसहरु घरबाट विस्थापित भएको र घरमा राख्नुभन्दा सहकारीमा बचत गर्दा सुरक्षित हुन्छ भन्ने मानसिकताले काम गरेको उहाँहरुको तर्क छ । बचत फिर्तांको कारोबार बढि भयो भन्ने अनुभव साटनेले पनि बचत फिर्ताको लागि आएका सदस्यहरुलाई संस्थाको क्षमता अनुसार सबै नसकेपनि न्युनतम २५ प्रतिशत सम्म बचत फिर्ता गरेको बताउनुभयो । अधिकांश सहकारीहरु भुकम्प पश्चात तत्काल आफ्ना सदस्यहरुलाई राहत वितरण गर्न लागिपरेको बताउनुभयो । त्यस्तै कतिपय सहकारीले अति प्रभावित सदस्यहरुलाई उनीहरुले लिएको ऋणको सम्पूर्ण व्याज मिनाह गर्ने निर्णय समेत भएको बताउनुभयो ।

edit1
कार्यक्रममा बरिष्ठ सहकारी अधिकृत अर्यालले सहकारी संस्थाहरुले विपतको बेलमा आफ्ना सदस्यहरुलाई गरेको सहयोग सह्रानीय रहेको बताउँदै आफ्ना सदस्यहरुको वास्तुस्थिती बुझी संस्थाको क्षमता अनुरुप सेवा तथा सुविधा प्रदान गर्न सहकारीहरु पछि नहट्न आग्रह गर्नुभयो । भुकम्पका कारण कतिपय ऋणीहरुले धितो राखेको घर , व्यवसाय नै नष्ट भएकोले कर्जा कसरी उठाउने भन्ने चिन्तामा सबै सहकारीहरु रहेको बताउँदै उहाँले भन्नुभयो, “यो स्वभाविक चिन्ता हो र यसलाई सम्वद्ध सबै मिलेर हल गर्नुपर्छ।” यस्तो विपतको बेलामा ऋणी सदस्यहरुलाई केहि समय अवधी थप गरेर हामीले सहयोग पुर्याउन सकिने उहाँले बताउनु भयो। हालसालै सरकारले अध्यादेश मार्फत ल्याएको ऐनले पनि धेरै हदसम्म सहकारीमा वित्तिय जोखिम न्यनिकरण गर्न सहयोग पुराउने विश्वास उहाँले व्यक्त गर्नुभयो । पूर्ण रुपमा क्षति भएका सहकारी संस्थाहरुको क्षतिको विवरण संकलन गरी सरकारले छिटै केहि पुर्नस्थापनाका उपायहरु ल्याउने उहाँले बताउनुभयो ।
सरकारले बैंकहरु मार्फत भुकम्प पिडितलाई प्रदान गरिने भनिएको सहुलियत ऋण सहकारी संस्थाहरु मार्फत अति प्रभावित नागरीकहरुलाई उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु
ज्योति मिर्मिरे सामुहिक साकोसको जेष्ठ सदस्य सम्मान
ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्‍‌कन तालिम सम्पन्‍न