सहमतीमा नेतृत्व चयन गर्न प्रक्रिया नै विवादमा


निश्क्रिय जिल्ला सहकारी संघको साधारण सभामा किचलो

– सन्तोषकुमार गुप्ता-

दाङ – जिल्ला सहकारी संघ दाङ्गको साधारण सभामा किचलो भएको छ । घोराहीको राप्ती सुपरलज घोराहीमा शनिवार दिउसो १ बजे देखि शुरु भएको संघको साधारणसभाले नेतृत्व चयन गर्ने क्रममा किचलो भएको हो ।
साधारणको उद्घघाटन सत्र सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको भए पनि बन्द शत्रको कार्यक्रम भनेमा भने विवाद बढेको थियो । नयाँ नेतृत्व चयन विवादमा दुईपक्षबीच किचलो हुदाँ साधारणसभाले नयाँ नेतृत्व चयन गर्न सकेन ।
साधारणसभाले नया संचालक समिति निर्वाचन गर्ने कार्यक्रम तए भएपनि सहकारीमा राजनीति घुसेको भन्दै असन्तुष्ट पक्षहरुले असहमती जायर गरेका थिए । जिल्ला संघका निवर्तमान अध्यक्ष डिल्ली बहादुर खड्काले केही व्यक्तिले राजनीकिकरण गरेकाले साधारणसभाले नयाँ नेतृत्व चयन गर्न नसकेको बताउनु भयो । सहकारी संस्थाका दक्ष र अनुभवि प्रतिनिधिहरुलाई लत्ताएर जिल्ला संघलाई राजनैतिककरण गरिएको खड्काको आरोप छ ।
सहकारी संस्थाहरुमा प्रजातान्त्रिक विधि अपनाएर नया नेतृत्व चयन गर्नु पर्नेमा राजनैतिक भागबण्डाको आधारमा संचालक समितिको चयन गर्न खोजिएको खड्काले जानकारी दिनुभयो । साधारण सभामा उपस्थित ७५ प्रतिशतको यो तरिका प्रति असहमति रहेकोले यसले बैधानिकता पाउन नसक्ने खड्काले उद्घोष गर्नुभयो ।
यदि यस प्रति समयमा सम्बन्धित पक्षको ध्यान जान सकेन भने जिल्ला सहकारी संघ समाप्त हुने उहाँले बताउनु भयो ।
सो अवसरमा आफुहरु पनि संघको जिम्मेवारी पुरा गर्न सक्षम रहेको तर महिलाहरुलाई सम्पूर्णरुपले उपेक्षा गरिएको महिला प्रतिनिधि द्रौपदा न्यैपानेले बताउनुभयो । सहकारीको सिद्धान्तलाई वाईपास गरेर जुन संचालक समितिको चयन गरिएको छ । यो हामीलाई मान्य हुदैँन । उहाँले भन्नुभयो ।

निर्वाचन समितिले छलफल र सहमति बेगर घोषणा गर्न लागेको उमेदवारको चयन प्रति स्वयम उमेदार बनाईएकाहरुले समेत असहमति जनाए पछि साधारण सभा विना निष्कर्ष सकिएको सहभागि प्रतिनिधिहरुले जानकारी दिएका छन् ।
विगत लामो समय देखि निष्कृय अवस्थामा रहेको जिल्ला सहकारी संघलाई जिआईजेटले विभिन्न कार्यक्रमहरु दिए पछि सबैको नजर संघमा परेकाले विवाद बढेको हो ।
उद्घाटन सत्रमा बोल्दै डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत विनोद कुमार पौडेल जिल्ला सहकारी संघ लामो समय देखि निष्कृय रहको भन्दै यसलाई सक्रिय बनाउन संस्थाहरुमा राम्रो काम गरेर देखाएका अनुभवि व्यक्तिहरु आउनु पर्नेमा जोड दिनु भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने