अर्थमन्त्री डा महत भारत भ्रमणमा,सहायता सम्मेलनमा मोदीलाई निम्तो दिने कार्यक्रम


अर्थमन्त्री डा रामशरण महत भारतको तीन दिने भ्रमणका लागि बुधबार नयाँ दिल्लीतर्फ प्रस्थान गर्नुभएको छ । भारतका वित्तमन्त्री अरुण जेट्लीको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा घोषणा भएको सहयोग रकमको उपयोग तथा कार्यान्वयनका सम्वन्धमा दुई पक्षबीच छलफल हुनेछ । त्यसैगरी भारतमा नेपालीहरुको बैंक खाता सञ्चालन, भारु ५०० तथा १००० का नोटसम्वन्धी विषय, भारतमा नेपाली उत्पादनहरुले ब्योहोर्दै आएको काउन्टरभेलिङ ड्युटी, नेपालमा भारतको लगानी तथा दुईपक्षीय व्यापार विस्तारका बारेमा छलफल हुनेछ ।
अर्थमन्त्री तथा नेपाली प्रतिनिधिमण्डलका नेता डा महतले बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटी भूकम्पपछिको नेपाल सहायता सम्मेलनका लागि प्रधानमन्त्री सुशील कोइरालाको तर्फबाट निमन्त्रणा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । सहायता सम्मेलनमा भारतका अन्य मन्त्रीहरुलाई पनि निमन्त्रणा गरिएको छ । सम्मेलन आगामी असार १० गते काठमाडौंमा आयोजना हुने तय भैसकेको छ । अर्थमन्त्री डा महत उक्त सहायता सम्मेलनको संयोजक पनि हुनुहुन्छ । अर्थमन्त्री डा महतको नेतृत्वमा भारत भ्रमणमा रहेको प्रतिनिधिमण्डलमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्रालयका उपसचिव युगराज पाण्डे सहभागी हुनुहुन्छ । उहाँ शुक्रबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने