सहकारीको पैसा दुरुपयोग गर्ने पक्राउ


 इलाम, जेष्ठ २७ । सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा यहाँ एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । दुई वर्षदेखि संस्थाको हिसाब हिनामिना गरेको भन्दै शान्तिपुर– ५ मा रहेको सूर्यविनायक कृषि सहकारी संस्थाकी व्यवस्थापक कमला बराललले सहकारीको पैसा हिनामिना गरेकाले प्रहरीले पक्राउ गरेको हो । संस्थाको हिसाब देखाउन नसकेपछि सञ्चालक समितिले दिएको उजुरीको आधारमा व्यवस्थापक बराललाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ । सञ्चालक बराललाई संस्थाको करिब रु २१ लाख हिनामिना गरेको आरोप लागेको छ । डिभिजन सहकारी कार्यालयमा इलाम नगरपालिकासहित छिमेकी गाविसबाट समेत संस्थाको रकम अनियमिता गरेको भन्दै उजुरी परेको थियो । बरालले इलाम नगरपालिका– १ स्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था, सोही वडाकै चौदृष्टि कृषि सहकारी संस्था र साङरुम्बा गाविसको रत्नमाई बचत तथा ऋण सहकारी संस्थाको रकम समेत हिनामिना गरेको भन्दै उजुरी परेको प्रहरी सहायक निरीक्षक देवेन्द्र राईले जानकारी दिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक