भूकम्पपीडितलाई सूर्योदय वित्तीय संस्था गुल्मीको नगद सहयोग


तुलसीपुर (दाङ), २७ जेठ । पूर्व सभासद् शान्ता चौधरी उच्च मावि डाँडा गाउँमा कक्षा ८ मा भर्ना हुनुभएको छ ।

पढ्ने चाहनालाई उमेरले रोक्दैन भन्दै उहाँ स्कुल भर्ना हुनुभएको हो । चौधरी पूर्व कम्लहरीसमेत हुनुहुन्छ । पैँतीस वर्षीया शान्ताका श्रीमान् वैदेशिक रोजगारका सिलसिलामा खाडी मुलुकमा हुनुहुन्छ । उहाँका दुई छोराछोरीमध्ये छोरा कक्षा ९ मा र छोरी कक्षा ७ मा काठमाडौँमा एक निजी विद्यालयमा अध्ययनरत छन् ।

चौधरी नेकपा (एमाले) का नेतासमेत हुनुहुन्छ । उहाँले पहिलो संविधानसभामा एमालेबाट सभासद् बन्नु भएपछि प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजक रहनुभएको थियो ।

उहाँले ‘कम्लहरीदेखि सभासद्सम्म’ भन्ने पुस्तक प्रकाशन गरेर राष्ट्रिय पुरस्कारसमेत प्राप्त गर्नुुभएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न