माछापालन तालिममा रमाउँदै प्रशिक्षार्थी


5भक्तपुर, २८ जेष्ठ । भक्तपुरकी जयकला बस्नेत यतिखेर माछापालन तालिममा व्यस्त छिन् । उनले पहिलोपटक माछापालन तालिम पाएपछि दंग परेकी छिन् । १ करोड ३ लाखको लागतमा कृषि व्यवसाय गर्दैै आएकी बस्नेतले हाल एक रोपनी जग्गामा माछापालन गर्दै आएकी न्छि । 2राष्ट्रिय प्राकृतिक तथा जलाशय मत्स्य विकास कार्यक्रम बालाजु र कृपा हिमाली एग्रो एण्ड फिसरी प्रालीको संयुक्त आयोजनामा भइरहेको एक हप्ते तालिमका सहभागी हुन पाएपछि धेरै कुरा सिक्न पाएकोमा खुसी व्यक्त गरे । तालिमपश्चात माछापालन बिस्तार गर्ने उनकाो सोच छ ।5 सामान्यढंगले माछा पाल्ने गरेपनि माछापालनबारे जानकारी कम भएकाले धेरै राहत मिलेको उनको भनाई थियो । उद्यम कडेलले पनि माछापालन तालिमबाट व्यवहारिक ज्ञान पाएको र अब व्यवसायीक बन्न सक्ने विश्वास व्यक्त गरे । अब माछापालनमा मेरो ध्यान बढी केन्द्रित हुनेछ’ उनले भने । 6डेढ करोड लागतमा उनले कृषिका काम गर्दै आएका छन् । कृपा हिमाली एग्रो एण्ड फिसरी प्रालीकी कबिता कोइराला खनालले १० रोपनी जग्गामा माछापालन गर्दै आएकी छिन् । तालिमपश्चात माछापालनमा थप टेवा पुग्ने उनको विश्वास छ । 18कृपा हिमालीका प्रबन्ध निर्देशक नरेन्द्रकुमार थापाले तालिममा सहभागीहरु उत्साहित भएको बताए । तालिममा सहभागीको उत्साहपूर्ण सहभागी भएकोमा हामीलाई खुसी मिलेको छ ’ उनले भने ।4 तालिममा २० जना सहभागी छन् । तालिममा कृषि विकास मन्त्रालयअन्र्तगत दर्जनौ व्यक्ति र माछा प्राविधिकले तालिम दिएका छन् । राष्ट्रिय प्रकृतिक तथा जलाशय मत्स्य विकास कार्यक्रम बालाजुका प्राविधिक अम्बरनाथ भाटले माछापालन गर्दा माछा प्रजननबारे ज्ञान लिन सके कृषकले लाभ लिने बताए । 7
माछापालन गर्मी क्षेत्रमा बढी उत्पादन लिन सकिने उनको भनाई थियो । तालिम गत आइतबार सञ्चालन भएको थियो । भोली शुक्रबार सञ्चालन हुने छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न