नेपाल अडिटर्स एशोसिएशन (अडान) को निर्वाचन तयारी पुरा


आज मतदान हुदैं

रजिष्टर्ड लेखापरीक्षकहरुको साझा संगठन नेपाल अडिटर्स एशोसिएसन (अडान) ले लेखाव्यवसायको काठमाडौं, जेष्ठ २९ । नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को सातौं परिषदको निर्वाचनको सन्दर्भमा आफ्नो सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

अडानले यसपटक संस्थागत रुपमा अडानका बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद अधिकारी, सचिवहरु यादव न्यौपाने र ध्रुव पौडेल र कोषाध्यक्ष गणेश राईलाई उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ ।

चैत्रको दोस्रो हप्तादेखि सुरु भएको निर्वाचनको क्रममा काठमाण्डौ उपत्यकाभित्रको मतदान शुक्रवार नक्साल व्यान्केटमा सम्पन्न हुदैछ । यसअघि उपत्यकाबाहिर ७२ जिल्लामा हुलाकमार्फत मतदान प्रक्रिया आज सम्पन्न भई सकेको छ । उपत्यकाबाहिर २२७६ सहित कुल मतदाता चार हजार तीन सय मतदाता रहेका छन ।

आइक्यानको काउन्सिलमा चार्टर्ड एकाउन्टेन्टहरु दश र रजिष्टर्ड लेखापरीक्षकहरु चार जना निर्वाचित हुनेछन । सत्र सदस्यीय काउन्सिलमा नेपाल सरकारले तीन जना मनोनयन गर्ने कानूनी व्यवस्था रहेको छ ।

आज बानेश्वरमा आयोजित अन्तिम प्रचारसभामा बोल्दै अध्यक्ष एवम् आइक्यानका पूर्वपार्षद मोहनराज रेग्मीले लेखापरीक्षकहरुको पेशागत हकहित, सुरक्षा र गुणस्तरीयताका लागि आफुहरुको विजय अनिवार्य रहेको बताउनुभयो ।

कार्यक्रममा अडानका संस्थापक अध्यक्ष एवम् आइक्यानका पूर्वपार्षद कमल खरेल, प्रथम उपाध्यक्ष तथा आइक्यानका पार्षद मोहन सुवेदी, उपाध्यक्ष एवम् आइक्यानका पूर्वपार्षद कृष्ण पौडेल, उपाध्यक्ष विष्णुहरि तिमल्सेना, अव्दुल करिम खां, महासचिव केदारनाथ पौडेल, उपमहासचिव एवम् आइक्यानका पार्षदद्वय बद्रि भट्टराई र डिपि दाहाललगायतको उपस्थिति रहेको थियो ।

उपत्यकाबाहिरका मतदानले आफुहरु प्रतिस्पर्धामा अघि रहेको र उपत्यकाको निर्णायक मतले सर्वाधिक मतले जित्ने निश्चित रहेको महासचिव पौडेलले बताउनुभयो ।

२०६३ सालमा स्थापना भएको अडानले लेखापरीक्षकहरुको पेशागत हकहित, सुरक्षा र गुणस्तरीयताका लागि संगठन, आन्दोलन र क्षमतावृद्धिका कार्यक्रमहरु गर्दै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक