पीडितलाई सहुलियत ऋण दिन सहकारी तयार


काठमाडौं जेष्ठ २९ । भूकम्पपीडितलाई सहकारीले सहुलियत ऋण दिन तयार भएको भन्दै सहुलियत ऋणको व्यवसस्था सहकारीमार्फत गर्न आह्वान गरेको छ ।
सरकारले भूकम्प प्रभावितलाई बैंकमार्फत सहुलियत ऋण दिने बताइरहेका बेला सहकारीले पनि ऋण दिन सक्ने भन्दै सहकारी आन्दोलनले ध्यानाकर्षण गराउँदै आएको हो । भूकम्पपीडितका भत्किएका संरचनाको पुनर्निर्माण तथा पुनर्वासका लागि आफूहरुले ऋण दिन पाउनुपर्ने राष्ट्रिय सहकारी संघले पत्राचार गरेको छ ।
राष्ट्रिय सहकारी सङ्घका अध्यक्ष केशव बडालले सहकारीमार्फत सहुलियत ऋण उपलब्ध गराउँदा वास्तविक पीडितसम्म पुग्ने जीकिर गर्दै सहकारीमार्फत ऋण दिनका लागि रकम उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको हो ।
अध्यक्ष बडालले बिहीवार व्यवस्थापिका संसद्को अर्थसमिति बैठकमा सहकारीले गाउँमा बैंक भन्दा सहकारीले रचनात्मक सहयोग गरेको बताउनुभयो । ‘ सहकारी बैंकभन्दा सक्ष्क्षम र प्रभावकारी छन्, त्यसैले सहुलियत ऋण दिन हामी तयार छौं’ उहाँले भन्नुभयो ।
्‘२ लाख सहकारी सदस्य भूकम्पका कारण आवासविहीनसंघले जनाएको छ । अध्यक्ष बडालले सङ्घले सरकारले निर्धारण गरेको ब्याजमा ऋण दिन सक्षम भएको भन्दै करिब १५ दिन अघि नै अर्थ मन्त्रालयमा पत्राचार गरीसकेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक