भूकम्पले सहकारी क्षेत्रमा साढे पाँच अर्ब क्षती भएको अनुमान


काठमाडौँ, जेष्ठ २९। बैशाख १२ गते र २९ गते आएको भूकम्पले सहकारी क्ष्क्ष्क्षेत्रमा अपुरणीय क्षती पुगेको छ । एक तथ्यांकका अनुसार भूकम्पका कारण सहकारी क्षेत्रमा साढे पाँच अर्ब बराबारक्षति भएको छ ।

व्यवस्थापिका–संसद् मातहतको अर्थ समितिमा सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव श्रीधर गौतमले भूकम्प प्रभावित १४ जिल्लाका करीब ३० लाख सहकारीकर्मी पीडित भएको बताउनुभयो । कुल १३ हजार ३ सय ६८ बचत तथा ऋण सहकारी संस्था रहेकामा ती संस्थामा आबद्ध रहेका २ सय ८० जनाको निधन भएको, ९ सय २५ जना घाइते भएका छन् । बचत तथा ऋण सहकारी संस्थाको मात्रै १२ करोड ३८ लाख छ हजार ९ सय ३ बराबरको क्षति भएको सचिव गौतमको भनाई थियो ।

यस्तै कुल आठ हजार ६९ वटा साना किसान तथा कृषि सहकारी संस्थामध्ये त्यसमा आबद्ध ४ सय ९० जनाको निधन भएको ९ सय २५ घाइते भएको, ७२ ओटा कार्यालय भवन क्षति भएको जानकारी सो अवसरमा दिइयो । भूकम्पका कारण सबैभन्दा बढी क्षति दुग्ध उत्पादक किसान तथा सहकारीकर्मीलाई भएको छ ।
भूकम्प प्रभावित जिल्लामा मात्रै एक लाख ४५ हजार चौपायाको निधन भएका कारण दूध तथा दुग्धजन्य पदार्थको आपूर्तिमा कमी आएको छ ।
काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, गोरखामा भूकम्पका कारण गाईभैँसीको उल्लेख्य मृत्यु भएका कारण दूध तथा दुग्ध उत्पादक सहकारीको अवस्था दुरुहपूर्ण अवस्थामा पुगेको छ । कृषकको आर्थिक उपार्जनमा समेत बाधा उत्पन्न भएको छ ।
सहकारी विभागका महानिर्देशक काशीनाथ मरासैनीले सहकारी क्षेत्रमा भएको क्षतिको सत्य तथ्य विवरण सङ्कलन गरेर कर छुट तथा ऋण मिनाहाका लागि आवश्यक पहल गर्न सरकारले आवश्यक तयारी गर्नुपर्ने र त्यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेकामा जोड दिनुभयो ।
समितिको बैठकमा सांसदहरूले अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रूपमा रहेको सहकारी क्षेत्रमा भूकम्पले पारेको प्रभावको अध्ययन गरी यथोचित राहत दिनुपर्ने बताउनुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

सूचना तथा सञ्चार प्रवाह कार्यशाला गोष्ठी सम्पन्‍न
धुलिखेलमा कोपोमिस तालिम सम्पन्‍न
चन्द्रागिरि साकोसको CUDCC तालिम सुरु
संस्थागत विकास तालिम सुरु