शेयर सदस्यलाई सहकारी शिक्षा तालिम


-उदय बोहरा-

दाङ, ३० जेठ । साझेदारी वचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी तालिम दिएको छ । शनिवार घोराहीमा सम्पन्न तालिममा बोल्ने वक्ताहरुले सहकारीलाई सफल रुपमा सञ्चालन गर्नका लागि सहकारीका गतिविधि र यस सम्बन्धी जानकारी सबैले राख्नुुपर्ने बताएका थिए ।
शिक्षा उपसमितिका संयोजक सुुशीला आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुुख अतिथि डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोदकुुमार पौडेलले सहकारी सञ्चालकहरु आफ्नो सहकारीले गर्नुपर्ने गतिविधिबारे पूर्णरुपमा जानकारी नराख्दा समस्या देखिने गरेको उल्लेख गर्दै हरेक सहकारी संस्थाहरु आफूले गर्ने गतिविधि र कार्ययोजनामा सचेत हुुनुुपर्ने बताउनुुभयो । विशिष्ट अतिथि साझेदारी सहकारीका अध्यक्ष कृष्णप्रसाद शर्माले आफूआवद्ध सहकारी संस्थाले के काम गर्दै छ भन्ने कुरा सबै शेयर सदस्यहरुले पनि जानकारी राख्नुुपर्ने धारणा राख्नुुभयो ।
४० जना शेयर सदस्य सहभागी तालिमको प्रशक्षिकहरुमा डिभिजन सहकारी कार्यालय दाङका प्रमुख विनोदकुुमार पौडेल, संस्थाका अध्यक्ष कृष्णप्रसाद शर्मा, उपाध्यक्ष प्रेम केसी, नेप्फ्सुुनका केन्द्रीय सदस्य दामोदर अधिकारी र शिक्षा उपसमिति संयोजक सुुशीला आचार्य हुुनुुहुुन्थ्यो । सो अवसरमा सहकारी वचत, ऋण किन, संस्थाको गतिविधबारे र सहकारी सदस्यहरुको भूमिकाबारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमको सञ्चालन उषारमण शर्माले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न
नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने
बचत तथा ऋण सहकारी संस्थाहरुको व्यवसायिक प्रबर्द्धन तालिम